
कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मनसुनी गतिविधिहरू सक्रिय भएका छन्। भारत मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शनिवार राज्यका अधिकांश भागहरूको आकाशमा सामान्यतः बादल लाग्नको साथै वर्षा अनि बिजुली चम्किने, पानी पर्ने सम्भावना पनि छ। दक्षिण बङ्गालका केही जिल्लाहरूमा वर्षासितै तीव्र हावा चल्नसक्छ।
कोलकाता एवं यस वरपरका क्षेत्रहरूमा आज बादल लाग्ने तथा हल्कादेखि मध्यम वर्षाा हुने अनुमान लगाइएको छ। अलिपुरस्थित मौसम विभाग मुताविक कोलकाताको अधिकतम तापमान लगभग 34 डिग्री सेल्सियस र न्यूनतम तापमान 26 डिग्री सेल्सियस लगभग रहनसक्छ। बिजुली चम्किनको साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।
दक्षिण बङ्गालमा पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम र बाँकुड़ा समेत केही जिल्लाहरूमा पानी पर्ने, तीव्र हावा चल्ने तथा वज्रपात हुने सम्भावना छ। अन्य जिल्लाहरूमापनि हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
उत्तर बङ्गालमा पनि वर्षाको सिलसिला जारी रहने अनुमान व्यक्त गरिएको छ। यहँका जलपाईगुड़ी, अलिपुरद्वार र कुचबिहारमा मुसलधारे पानी पर्नसक्छ भने दार्जीलिङ, कालेबुङ सहित अन्य जिल्लाहरूमा पनि पानी पर्नसक्छ।
मौसम विभाग अनुसार आगामी केही दिनसम्म राज्यमा बादल र वर्षाको प्रभाव कायम रहनसक्छ। पानी परिरहेको समय मानिसहरूलाई खुल्ला स्थान वा रुख मुनि बस्नदेखि बच्ने अनि मौसम सम्बन्धी ताजा चेताउनीमाथि नजर राख्ने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा