कङ्ग्रेसमा अब गौरव गोगोई र रकिबुल हुसैनको मात्र शासन चल्छ: देवव्रत सैकिया
कङ्ग्रेसमा अब गौरव गोगोई र रकिबुल हुसैनको मात्र शासन चल्छ: देवव्रत सैकिया


गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। कङ्ग्रेसका वरिष्ठ नेता औ असम विधानसभामा पूर्व नेता प्रतिपक्ष देवव्रत सैकियाले पार्टीभित्र निर्णय लिने प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनले आरोप लगाए, कङ्ग्रेसमा अब गौरव गोगोई र रकिबुल हुसैनको मात्र प्रभाव छ। पार्टीका महत्वपूर्ण मामिलाहरूमा वरिष्ठ एवं कनिष्ठ नेताहरूसित चर्चा समेत गरिँदैन।

पत्रकारहरूसित बातचित गर्दै सौकियाले भने, नगाउँ लोकसभा उपचुनाउको लागि उम्मेद्वारहरू तय गर्ने सम्बन्धमा गौरव गोगईले उनीसित कुनै बातचित गरेनन्। उनले स्पष्ट पारे, “गौरव गोगोईले उपचुनाउमा उम्मेद्वार दिने सम्बन्धमा मसित कुनै कुरा गरेनन्।”

सैकियाले यो पनि भने, अल्पसङ्ख्यक समुदाय कहिल्यै पनि कङ्ग्रेसको भोट ब्याङ्क रहेन। उनको यस बयानलाई हालैमा सम्पन्न विधानसभा चुनाउसित जोड़ेर हेरिँदैछ जसमा कङ्ग्रेसले 19 वटा सीटमा जीत दर्ता गरेको थियो जसमध्ये 18 जना विधायक अल्पसङ्ख्यक समुदायसित जोड़िएका क्षेत्रहरूबाट निर्वाचित भएका थिए।

यसबीच नगाउँ उपचुनाउपूर्व नगाउँ-बटद्रवा क्षेत्रमा कङ्ग्रेसप्रति अल्पसङ्ख्यक मतदाताहरू असन्तुष्ट रहेको उजागार भइरहेको छ। केही मतदाताहरूले भने, उनीहरूले लगभग 60 वर्षसम्म कङ्ग्रेसलाई समर्थन गरे, तर पार्टीले अल्पसङ्ख्यक समुदायको लागि अपेक्षित काम गरेन। उनीहरूको आरोप छ, कङ्ग्रेसले उनीहरूलाई बारम्बार निराश बनायो, त्यसैले यसपालि उनीहरू पछिल्लो राजनीतिक गल्तीलाई दोहोऱ्याउन तयार छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande