नगाउँ उपचुनाउको लागि कङ्ग्रेस उम्मेद्वारको नाममाथि असमञ्जस्यता, चाँड़ै घोषणा हुने आशा
नगाउँ उपचुनाउको लागि कङ्ग्रेस उम्मेद्वारको नाममाथि असमञ्जस्यता, चाँड़ै घोषणा हुने आशा


गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको लागि कङ्ग्रेसले अहिलेसम्म आफ्नो उम्मेद्वारको नामलाई अन्तिम रूप दिनसकेको छैन। पार्टीका वरिष्ठ नेताहरूदेखि नवनिर्वाचित विधायकहरूसम्मलाई उम्मेद्वारको बारेमा स्पष्ट जानकारी छैन। कङ्ग्रेसका वरिष्ठ विधायक जाकिर हुसैन सिकदरले आशा व्यक्त गरे, पार्टीले आगामी एक-दुई दिनभित्रमा उम्मेद्वारको नाम घोषणा गर्नसक्छ।

सिकदारले भने, नगाउँ उपचुनाउका उम्मेद्वारको नाम आज नभए भोलीसम्ममा सार्वजनिक हुनसक्छ। उनले सङ्केत दिए, उम्मेद्वारलाई लिएर पार्टी स्तरमा अन्तिम निर्णय हुन बाँकी छ, चाँड़ै नै आधिकारिक घोषणा हुने सम्भावना छ।

यता पार्टीका नवनिर्वाचित विधायक जुबैर अनमले पनि भने, उनलाई उम्मेद्वारको बारेमा अहिले कुनै जानकारी प्राप्त भएको छैन। उनले आशा व्यक्त गरे, आज कङ्ग्रेसका नवनियुक्त प्रभारी भूपेश बघेलको उपस्थितिमा उम्मेद्वारको नाममाथि अन्तिम मोहर लगाउनसक्छ।

नगाउँ उपचुनाउको निम्ति कङ्ग्रेसमा उम्मेद्वार चयनलाई लिएर व्याप्त असमञ्जस्यताको यो स्थितिलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिंदैछ। पार्टी कार्यकर्ता अनि राजनीतिक पर्यवेक्षकहरूको नजर अब कङ्ग्रेसको आधिकारिक घोषणामाथि अड़िएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande