आपदमा पनि पढ़ाईको सिलसिला यथावतः भागलपुरको राहत शिविरमै खोलियो अस्थायी स्कूल
आपदमा पनि पढ़ाईको सिलसिला यथावतः भागलपुरको राहत शिविरमै खोलियो अस्थायी स्कूल


भागलपुर, 12 सितंबर (हि.स.)। जिल्लामा गङ्गा तथा सहायक नदीहरू बढ़ेका कारम केही खण्डहरू अहिलेघरि भयानक बाढ़ीको चपेटमा परेका छन्। चारैतिर फैलिएको पानीको कारणले मानिसहरू आफ्नो घर छोड़ेर राहत शिविरहरूमा शरण लिन बाध्य भएका छन्। यस्तो विनाशकारी आपदाको स्थितिमा पनि बाल-बालिकाहरूको भविष्य प्रभावित नहोस् भन्ने ध्येयले जिल्ला प्रशासनले एउटा अत्यन्त सराहनीय र संवेदनशील पहल गरेको छ।

जिल्ला अधिकारीको निर्देशमा राहत शिविरहरूमा बाल-बालिकाहरूका लागि 'अस्थायी विद्यालय' शुरू गरिएको छ। भागलपुरको पोलिटेक्निक कलेजस्थित राहत शिविरमा एउटा अनौठो दृश्य देख्न पाइरहेको छ। शिविरभित्रै बनाइएको अस्थायी स्कूललाई सामान्य विद्यालयलाी जस्तै व्यवस्थित बनाइएको छ।

यहाँ नानीहरू बस्ने डेस्क-बेञ्च राखिएको छ। पढ़ाईको लागि ब्ल्याक बोर्डको व्यवस्था गरिएको छ। नियुक्त शिक्षक-शिक्षिकाहरूले नियमित रूपमा नानीहरूको कक्षा सञ्चालन गरिरहेका छन्। यहाँ किताबी ज्ञान मात्र नभएर बाल-बालिकाहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न रचनात्मक गतिविधि तथा मनोरञ्जनमाथि पनि विशेष ध्यान दिइँदैछ।

बाढ़ीका कारण आफ्नो घर अनि मूल स्कूलहरूदेखि टाड़ा भएका यी नानीहरूको लागि यो अस्थायी पाठशाला एउटा नयाँ आशाको रूपमा उदाएको छ। एकदिन अगाड़िसम्म बाल-बालिकाहरूको मनमा बाढ़ीको विभीषिकाको डर थियो भने अहिले उनीहरू बिहान हुनसाथ हातमा कपी-किताब च्यापेर स्कूलको माहोलमा रमाइरहेका छन्।

प्रशासनको स्पष्ट उद्देश्य छ, आपदाको यस विकट घड़ीमा नानीहरूको शिक्षा कुनै पनि स्थितिमा बाधित नहोस्। स्थानीय मानिसहरू तथा अभिभावकहरूले प्रशासनको यस कदमको प्रसंशा गर्दै यसलाई सङ्कटको घड़ीमा पनि नानीहरूको भविष्यलाई सुरक्षित राख्ने एउटा उत्कृष्ट प्रयास बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande