
गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। भाजपा नेतृत्वाधिन गठबन्धनको नगाउँ लोकसभा सीटबाट उम्मेदवार देवाशिष शर्माले दाबी गरेका छन्, नगाउँका मानिसहरू विकासका पक्षमा छन्। यसपालि एकतर्फी स्पर्धा देख्न पाइन्छ। शर्माले कङ्ग्रेस नेता रकिबुल हुसैनलाई लक्षित गर्दै भने, नगाउँका मानिसहरूसित उनको सम्बन्ध आजको होइन, पछिल्लो 22-25 वर्षदेखिको उनले क्यान्सर रोगीहरूको उपचार र उनीहरूलाई सहयोग गर्दै आइरहेका छन्।
शर्माले भने, उनी लामो समयदेखिकै क्षेत्रका मानिसहरूसित बसेर उनीहरूको आवश्यकता र अपेक्षाहरूलाी राम्ररी बुझ्दै आएका छन्। उनले दाबी गरे, एक समयमा विधानसभाको सदनमा रकिबुल हुसैनले उनलाई पद्मश्रीले सम्मानित गर्ने प्रस्ताव समेत राखेका थिए। तर अहिले चुनाउ लड़्ने कुरा गर्दा रकिबुलले उनलाई नराम्रो देखिरहेका छन्। उनले यसलाई लिएर रकिबुलमाथि कटाक्ष गर्दै भने, चुनावी राजनीतिमा आएपछि उनको व्यवहारमा स्पष्ट परिवर्तन देखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा