
इम्फाल, 12 सेप्टेम्बर (हि.स.)। मणिपुरमा सुरक्षा बलहरू तथा पुलिसले गए 11 सेप्टेम्बरमा चलाएको भिन्न-भिन्न अभियानहरूमा चार जना संदिग्ध सशस्त्र क्याडरहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको कब्जाबाट पाँच वटा असल्ट राइफल, 298 वटा कारतुस, सात वटा म्यागजिन र अन्य सैन्य सामग्रीहरू जफत गरिएको छ।
सुरक्षा बलहरूद्वारा शनिवार बताइए अनुसार चुराचाँदपुर जिल्लाको हेङ्गलेप उपमण्डल अन्तर्गत मुनपी गाउँको सामान्य क्षेत्रमा जिल्ला पुलिस र 5 असम राइफस्लको संयुक्त टीमले अभियान सञ्चालन गरी तीन जना सशस्त्र क्याडरहरूलाई पक्राउ गऱ्यो जसको पहिचान मुनपी निवासी खुआल (35), बिष्णुपुर जिल्लाको नुङ्गराई निवासी मनी चिरू (30) औ चुराचाँदपुर जिल्लाको न्घाथल निवासी थाङ्गलालमुआन (25)- को रूपमा भएको छ।
सुरक्षा बलहरूले यिनीहरूबाट एउटा 7.62 मिमी एचकेजी-3, एउटा 5.56 मिमी ए 1, एउटा 5.56 मिमी एम22 तथा दुई वटा 7.62 मिमी एके-47 राइफल जफत गरे। यस अतिरिक्त सात वटा म्यागजिन, विभिन्न क्यालिबरका 298 वटा कारतुस र पाँच वटा ट्याक्टिकल पाउच पनि भेटिएको छ।
अन्य अभियानमा थौबल जिल्ला पुलिस र 46 असम राइफल्सको संयुक्त टीमले थौबल थाना क्षेत्रको लामडिङ्ग खुमङ्थेम लेइकाईबाट यूएनएलएफ (के) -का सक्रिय क्याडर प्राइभेट खुङ्दोङ्गबाम मोतीलाल सिंह उपनाम खोङ्गुल (26)-लाई पक्राउ गऱ्यो जसको कब्जाबाट एउटा दुई चक्के वाहन जफत गरिएको छ।
उपरोक्त सबै मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा