मोदीले ब्रिक्स राष्ट्रसमक्ष ‘नाविक आपतकालीन सहायता सञ्जाल’ को प्रस्ताव राखे
ब्रिक्स शिखर सम्मेलन को संबोधित करे प्रधानमंत्री नरेन्द्र मोदी


नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूबीच नाविकहरूको सुरक्षाका लागि ‘नाविक आपतकालीन सहायता सञ्जाल’ स्थापना गर्ने प्रस्ताव राखेका छन्।

भारतको अध्यक्षतामा आयोजित शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले समुद्री यातायातलाई सुरक्षित बनाउन ब्रिक्स राष्ट्रहरूबीच समुद्री सुरक्षा सञ्जाल निर्माण गर्नुपर्ने बताए। उनले रूस, चीन र इरानलगायत ११ सदस्य राष्ट्रका समुद्री अधिकारी तथा कूटनीतिक नियोगबीच समन्वय र सम्पर्क कायम गर्ने गरी आपतकालीन सहायता सञ्जाल स्थापना गर्न प्रस्ताव गरे।

मोदीले समुद्री यात्रीहरूले विश्व व्यापारमा ठूलो योगदान पुर्‍याए पनि संकटको समयमा आवश्यक सहयोग प्राप्त गर्न कठिनाइ हुने गरेको बताए। प्रस्तावित सञ्जालमार्फत आपतकालीन अवस्थामा समयमै सूचना, चिकित्सकीय सहायता, परिवारलाई जानकारी तथा प्रभावित व्यक्तिको सुरक्षित उद्धारमा सहजता हुने उनले बताए।

नयाँ दिल्लीस्थित भारत मण्डपमा जारी दुईदिने ब्रिक्स शिखर सम्मेलनमा रूसका राष्ट्रपति भ्लादिमिर पुतिन, चीनका राष्ट्रपति शी जिनपिङ, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत विभिन्न राष्ट्रका नेताहरू सहभागी छन्। सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले ब्रिक्स स्थापनाको २० वर्ष पूरा भएको अवसरमा दुईवटा हुलाक टिकटसमेत जारी गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande