दिलीप घाेषले सय वटा खण्डहरूको विकासको समीक्षा गरे
Dilip Ghosh


खड़गपुर, 12 सेप्टेम्बर (हि.स.)। राज्यका पछौटे क्षेत्रहरूमा विकास कार्यहरूको गति बढ़ाउन अनि सरकारी योजनाहरूको लाभ सर्वसाधारण मानिसहरूसम्म द्रूत गतिमा पुऱ्याउने उद्देश्यले गए शुक्रवार अबेर साँझ सल्टलेकस्थित आईएलजीयूएस भवनमा एक महत्वपूर्ण समीक्षा बैठक सम्पन्न भयो। ग्रामीण विकास मन्त्री दिलीप घोषको उपस्थितिमा राज्यका सय वटा विशेष खण्डहरूका खण्ड विकास अधिकारी (बीडीओ)-हरूसित विकास कार्यहरूको विस्तारपूर्वक समीक्षा गरियो।

बैठकमा ती खण्डहरूमाथि विशेष ध्यान दिइयो जुन विभिन्न आधारभूत सुविधा तता विकासका मानदण्डहरूमा अपेक्षाकृत पछाड़िएका छन्। बीडीओहरूले प्रशासनिक स्तरमा आइलाग्ने समस्या अनि विकास कार्यहरूमाथि भइरहेको ढिल्याई बारे बताए। मन्त्रीले कामको गतिलाई बढ़ाउने तथा आइलाग्ने बाधाहरूलाई सुल्झाउनको लागि आवश्यक कदम उठाउनेमाथि बल दिए।

दिलीप घोषले भने, ग्रामीण पञ्चायत व्यवस्थाको माध्यमबाट प्रत्येक सरकारी सेवा कुनै किसिमको बाधा बिनै तथा ढिल्याई बिनै आम मानिसहरूसम्म पुग्नुपर्छ। उनले अधिकारीहरू एवं कर्मचारीहरूलाई योजनाहरूको क्रियान्वयनलाई तीव्रता दिने तथा आवश्यकतामा रहेका मानिसहरूलाई प्राथमिकता दिने आह्वान गरे।

बैठकमा पछाड़िएका क्षेत्रहरूमा प्राथमिकताको आधारमा विकास, प्रशासनिक कामकाजमा सुधार अनि ग्रामीण जनसह्ख्यासम्म सरकारी सुविधाहरूको पहुँचलाई सुनिश्चित गर्नेमाथि बल दिइयो। सरकारद्वारा स्पष्ट पारियो, विकासको मुख्यधारादेखि पछाड़िएका क्षेत्रहरू तता समाजका वञ्चित वर्गहरूसम्म योजनाहरूको लाभ पुऱ्याउनु प्राथमिकता हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande