सोमनाथ गइरहेका श्रद्धालहरूलाई विधायक स्वागता मन्नाले गरिन् अभिनन्दन
सोमनाथ गइरहेका श्रद्धालहरूलाई विधायक स्वागता मन्नाले गरिन् अभिनन्दन


मेदिनीपुर, 12 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीको पहलमा सोमनाथ मन्दिर दर्शनका लागि गुजरात गइरहेका श्रद्धालुहरूलाई पूर्व मेदिनीपुरको पाँशकुड़ामा भाजपा विधायक स्वागता मान्नाले अभिनन्दन गरिन्। यस अवसरमा उनले श्रद्धालुहरूलाई अङ्गवस्त्र पहिराएर सम्मानित गरे अनि यात्रा मङ्गलमय होस् भनी शुभकामना दिइन्।

केन्द्र सरकारको पक्षबाट सोमनाथ स्वाभिमानले हजार वर्ष पूरा गरेको अवसरमा 1100 श्रद्धालुहरूलाई निःशुल्क सोमनाथ मन्दिर दर्श गराउने पहल गरिएको छ। यसै क्रममा श्रद्धालुहरूले भरिएको बस शनिवार बिहान मेदिनीपुर जिल्लाको पाँँशकुड़ामा आइपुग्यो।

बस पाँशकुड़ामा आइपुगेपछि पिङ्गला विधानसभा क्षेत्रकी विधायक तथा भाजपा नेत्री स्वागता मान्नाले पश्चिम मेदिनीपुरको पिङ्गला विधानसभा क्षेत्र सहित जिल्लाका विभिन्न क्षेत्रबाट आएका श्रद्धालुहरूलाई स्वागत गरिन्। उनले श्रद्धालुहरूलाई अङ्गवस्त्र पहिराइन् तथा उनीहरूको हातमा जल,फल इत्यादि पनि दिइन्।

यस अवधि श्रद्धालुहरूले विधायकको यस आत्मीय स्वागतप्रति आभार व्यक्त गरिन्। विधायकले सबै श्रद्धालुहरूको सुखद र सफल सोमनाथ यात्राको कामना गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande