
कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीका निजी सहायक सुमित रायले जाँचबुझमा आफ्नो अपराधलाई स्वीकार गरेका छन्। शालबनी जमीन भ्रष्टाचार मामिलामा मेदिनीपुर जिल्ला अदालतमा दर्ता दस्तावेजहरूमा सीआईडीले उक्त आश्चर्यचकित दाबी गरेको छ। सुमित रायलाई दुई दिनअघि मात्र सीआईडीले पक्राउ गरेको थियो।
जाँच एजेन्सीको दाबी छ, जाँचबुझमा सुमित रायले करोड़ौं रुपियाँको लेन-देनमा केही प्रभावशाली मानिसहरूको नाम सामु आएको जानकारी दिएका छन्। सीआईडी अनुसार सुमितले उक्त धनराशिको जाँचमा जाँच एजेन्सीलाई सहयोग गर्ने वचन पनि दिएका छन्।
शालबनी जमीन भ्रष्टाचार मामिलामा मेदिनीपुर जिल्ला अदालतले सुमित रायलाई आठ दिनको सीआईडी हिरासतमा पठाएको छ। गए शुक्रवार बिहान भवानी भवनबाट सीआईडीको विशेष टीमले कड़ा सुरक्षाबीच उनलाई मेदिनीपुर लिएर गएको थियो।
यसपूर्व सुप्रीम कोर्टबाट सुमित रायलाई प्राप्त कानूनी सुरक्षा समाप्त भएको थियो। आदेश प्रभावी हुनसाथ गत बिहीवार अपरान्ह सीआईडीले उनलाई पक्राआउ गऱ्यो। पक्राउपछि जाँच अधिकारीहरूले उनलाई कैयौं चरणमा जाँचबुझ गरिरहेका छन्। सीआईडी सूत्रानुसार बारम्बार समन पठाएर जाँचबुझ गरिएको भए पनि धन लेन-देनसित सम्बन्धित केही महत्वपूर्ण प्रश्नहरूमा उनको जवाफ सन्तोषजनक पाइएन। जाँच एजेन्सीले यो पनि दाबी गरेको छ, पछिल्लो जाँचबुझमा उनका बयानहरूमा केही विसङ्गति पाइएको थियो।
यसै आधारमा सीआईडीले अदालतसित सुमित रायलाई हिरासतमा लिएर जाँचबुझ गर्ने अनुमति मागेको थियो। जाँच एजेन्सीलाई शङ्का लागेको थियो, अग्रिम जमानत याचिका खारेज भएपछि उनी फेरि भाग्न सक्नेछन्। त्यसैले कानूनी सुरक्षाको मिति समाप्त हुनसाथ सीआईडीले द्रूत गतिमा कारबाही गर्दै उनलाई पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा