
नयाँ दिल्ली, १४ सेप्टेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला र केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले सोमवार सिख धर्मका चौथो गुरु गुरु रामदासको ज्योति-जोत दिवसका अवसरमा उनलाई श्रद्धापूर्वक नमन गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल एक्स मार्फत गुरु रामदासलाई ज्योति-जोत दिवसका अवसरमा कोटि-कोटि नमन गर्दै उनले आफ्नो जीवन मार्फत सेवा, सिमरन र मानवताको मार्गलाई उज्यालो बनाएको बताएका छन्। उनले गुरु रामदासको जीवन त्याग, तपस्या, सेवा र भक्तिको अद्भुत उदाहरण रहेको उल्लेख गर्दै संगतलाई प्रेम, समानता र निःस्वार्थ सेवाको सन्देश दिएर सम्पूर्ण मानवताको कल्याणलाई सर्वोपरि मान्ने आध्यात्मिक परम्परालाई सुदृढ़ बनाएको बताएका छन्।
बिरलाले भने, गुरु साहिबका शिक्षाले आज पनि मानवताको सेवा गर्न तथा समाजमा प्रेम र सद्भावलाई बलियो बनाउन प्रेरित गरिरहेको छ।
यसैगरी, अमित शाहले भने, सेवा, भक्ति र सामाजिक सद्भावको पवित्र ज्योति प्रज्वलित गर्दै गुरु रामदासले सबैलाई प्रेम, एकता र निःस्वार्थ सेवाको सन्देश दिए। अमृतसरको स्थापना तथा श्री हरिमन्दिर साहिबको आधारशिला राखेर उनले आध्यात्मिक विरासतलाई समृद्ध बनाएको शाहले उल्लेख गरेका छन्। उनका आदर्शले सबैलाई सेवा, सद्भाव र जनकल्याणको मार्गमा अघि बढ्न प्रेरित गरिरहने उनले बताएका छन्।
उल्लेखनीय छ, २४ सेप्टेम्बर १५३४ मा लाहोरमा जन्मेका गुरु रामदास सन् १५७४ देखि १५८१ सम्म सिख धर्मका गुरु रहे। उनले ‘रामदासपुर’ शहरको स्थापना गरे, जुन पछि अमृतसरको नामले प्रसिद्ध भयो र सिख धर्मको प्रमुख आध्यात्मिक केन्द्रका रूपमा स्थापित भयो।
गुरु रामदासले श्री गुरु ग्रन्थ साहिबका लागि थुप्रै भजन तथा शब्दहरूको रचना गरेका थिए। सिख धर्मको प्रचार-प्रसार र संगठनलाई सुदृढ़ बनाउन उनले ‘मसान्द प्रणाली’को समेत शुरूआत गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी