
नयाँ दिल्ली, १४ सेप्टेम्बर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंह लगायत विभिन्न प्रमुख नेताहरूले सोमवार हिन्दी दिवसका अवसरमा देशवासीलाई शुभकामना दिएका छन्। नेताहरूले हिन्दीलाई भारतीय संस्कृति, सभ्यता र जीवनमूल्यको अभिव्यक्ति बताउँदै ज्ञान, विज्ञान, प्रविधि तथा नवाचारका क्षेत्रमा यसलाई अझ् सशक्त बनाउन आह्वान गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले हिन्दी दिवसका अवसरमा देशवासीलाई शुभकामना दिँदै हिन्दी केवल भाषा नभई भारतको संस्कृति, सभ्यता र जीवनमूल्यको सशक्त अभिव्यक्ति रहेको बताए। उनले हिन्दीले देशको विविधतालाई एकताको सूत्रमा बाँध्ने काम गरिरहेको उल्लेख गरे।
ओम बिरलाले भने, हिन्दीको महिमा बढ़ाउनु देशको समृद्ध भाषिक तथा सांस्कृतिक सम्पदाको सम्मान गर्नु हो। उनले हिन्दीको संरक्षण, प्रवर्द्धन र प्रचार गर्ने संकल्प लिन सबैलाई आह्वान गर्दै ज्ञान, विज्ञान, प्रविधि तथा नवाचारका क्षेत्रमा हिन्दीलाई अझ् सशक्त बनाउन जोड दिए।
रक्षामन्त्री राजनाथ सिंहले पनि हिन्दी दिवसका अवसरमा देशवासीलाई शुभकामना दिए। उनले हिन्दी भारतको संस्कृति, सभ्यता र जीवनमूल्यको सशक्त अभिव्यक्ति भएको बताए। यो भाषाले देशको विविधतालाई एकताको सूत्रमा बाँध्ने काम गर्ने उनको भनाइ छ।
रक्षामन्त्रीले भने, हिन्दीको महिमा बढ़ाउनु भारतीय भाषिक तथा सांस्कृतिक सम्पदाको सम्मान हो। हिन्दीको संरक्षण, प्रवर्द्धन र प्रचारसँगै ज्ञान, विज्ञान, प्रविधि तथा नवाचारका क्षेत्रमा यसलाई अझ् प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे।
केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले राजभाषाका रूपमा हिन्दीले जनसञ्चार, सुशासन र राष्ट्रिय एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले सबै भारतीय भाषासँगै अघि बढ्दै हिन्दीले अहिले प्रविधि तथा अनुसन्धानका क्षेत्रमा पनि आफ्नो स्थान बनाउँदै गएको उल्लेख गरे।
शाहले हिन्दी दिवसका अवसरमा हिन्दी सहित सबै भारतीय भाषालाई सशक्त बनाउने संकल्प लिन आह्वान गरे। भारतीय भाषाको विकासले देशको भाषिक तथा सांस्कृतिक सम्पदालाई बलियो बनाउनुका साथै आत्मनिर्भर भारतको दिशामा पनि महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
उल्लेखनीय छ, भारतमा प्रत्येक वर्ष १४ सेप्टेम्बरका दिन हिन्दी दिवस मनाइन्छ। यही दिन सन् १९४९ मा संविधान सभाले देवनागरी लिपिमा हिन्दीलाई संघको राजभाषाका रूपमा स्वीकार गरेको थियो। हिन्दी दिवसका माध्यमबाट हिन्दीको प्रयोगलाई बढ़ावा दिनुका साथै भारतीय भाषाको समृद्ध परम्परा र भाषिक विविधताको संरक्षणमा पनि जोड दिइन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी