नेपालका लागि राहत-भारतले 31 दिसम्बरसम्म 18 घण्टाको बिजुली निर्यात गर्न स्वीकृति दियो
प्रतीकात्मक


नयाँ दिल्ली, १४ सेप्टेम्बर (हि.स.)। प्राकृतिक विपत्तिसँग जुधिरहेको नेपाललाई सहयोग पुर्याउन भारतले विद्युत् निर्यात बढ़ाउने निर्णय गरेको छ। केन्द्रिय विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ दिसम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।

मन्त्रालय अनुसार, मुजफ्फरपुर–ढल्केबर ४०० केवी डीसी लाइन मार्फत अधिकतम ६०० मेगावाट विद्युत् आपूर्ति गरिनेछ। यस बाहेक टनकपुर–महेन्द्रनगर १३२ केवी एस-सी लाइन मार्फत ५४ मेगावाटसम्म विद्युत् पठाइनेछ।

मन्त्रालयले जनवरी २०२७ देखि विद्युत् निर्यातको मात्रा तथा आपूर्ति व्यवस्थाको समीक्षा दिसम्बर २०२६ मा गरिने जनाएको छ। यसबाट नेपालको विद्युत् आवश्यकता र उपलब्धताका आधारमा आगामी आपूर्ति व्यवस्था तय गर्न सहयोग पुग्नेछ।

उल्लेखनीय छ, हालै नेपालमा आएको भीषण बाढ़ीका कारण जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको छ। यसबाट घरेलु विद्युत् उत्पादन प्रभावित हुनुका साथै देशमा विद्युत् संकट गहिरिएको छ। यस्तो अवस्थामा भारतबाट हुने अतिरिक्त विद्युत् आपूर्तिले नेपालको तत्कालीन ऊर्जा आवश्यकता पूरा गर्न सहयोग पुग्नेछ।

विद्युत् मन्त्रालयले संकटको अवस्थामा नेपाललाई आवश्यक ऊर्जा सहयोग उपलब्ध गराउनुका साथै दुई देशबीचको भरपर्दो र दीर्घकालीन ऊर्जा सहकार्यलाई थप सुदृढ़ गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ। भारतले क्षेत्रीय सहकार्य तथा छिमेकी देशलाई हर सम्भव सहयोग उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande