अरिजीत-श्रेयाको स्वरमा गुञ्जियो ‘जय जय राम’, ‘रामायण’ को पहिलो गीत सार्वजनिक
रामायण पोस्टर - फोटो सोर्स एक्स


रणबीर कपूर र साई पल्लवी अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायण’ को पहिलो गीत ‘जय जय राम’ सोमबार गणेश चतुर्थीको शुभ अवसरमा सार्वजनिक गरिएको छ। चलचित्रको ट्रेलर यसअघि जुलाईमा ब्रह्म मुहूर्तका अवसरमा सार्वजनिक गरिएको थियो।

गीतको भिडियोमा रणवीर कपूर भगवान् राम र साई पल्लवी माता सीताको भूमिकामा देखिएका छन्। भिडियोमा दुवैको स्वयंवरदेखि वनवाससम्मको यात्राको झलक देखाइएको छ। गीत टी-सिरिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

‘जय जय राम’ मा अरिजीत सिंह र श्रेया घोषालले स्वर दिएका छन् भने यसको संगीत एआर रहमानले तयार गरेका हुन्। गीतका शब्द डा. कुमार विश्वासले लेखेका छन्। भक्ति र आध्यात्मिक भावनाले भरिएको यस गीतले चलचित्रको कथा तथा यसको पौराणिक संसारको झलक प्रस्तुत गर्छ। गीतमा रणवीर र साईको जोडीलाई राम र सीताको रूपमा पहिलोपटक विस्तृत रूपमा हेर्न पाउने अवसर मिलेको छ।

नितेश तिवारीको निर्देशनमा निर्माण भइरहेको ‘रामायण’ मा यश, रवि दुबे, अरुण गोविल, लारा दत्ता र रकुल प्रीत सिंहलगायतका कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिनेछन्। चलचित्रलाई व्यापक स्तरमा निर्माण गरिँदैछ र यसलाई दुई भागमा प्रस्तुत गर्ने योजना रहेको छ। ‘रामायण’ को पहिलो भाग दीपावली २०२६ को अवसरमा चलचित्र हलहरूमा प्रदर्शन गरिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande