
इम्फाल, १४ सेप्टेम्बर (हि.स.)। मणिपुरमा सुरक्षा बल र पुलिसले पछिल्लो २४ घण्टामा सञ्चालन गरेका विभिन्न अभियानमा प्रतिबन्धित उग्रवादी संगठनसँग सम्बन्धित सक्रिय क्याडर तथा कथित असूलीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ। यस क्रममा ठूलो परिमाणमा लागुऔषध समेत जफत गरिएको छ।
असम राइफल्सबाट प्राप्त सूचनाका आधारमा सीडीओ–इम्फाल पश्चिमको टोलीले मोइदाङपोक क्षेत्रमा अभियान सञ्चालन गरी केसीपी (पीडब्ल्यूजी) को सक्रिय क्याडर २६ वर्षीय थाङजाम सनातोम्बा सिंह उर्फ थेम्बुङलाई पक्राउ गरेको छ। उ मोइदाङपोक माखा लीकाईको निवासी हो।
अर्को अभियान अन्तर्गत सीडीओ–इम्फाल पश्चिमले तकीयेल खोंगबल लैराक अचौबा क्षेत्रमा खोजी अभियान सञ्चालन गरी केसीपी (अपुनबा) को सक्रिय सदस्य २६ वर्षीय सन्जेनबाम अल्बर्ट मीतेई उर्फ लुखोईलाई उसको घरबाट पक्राउ गरेको छ। उमाथि असूली गतिविधिमा संलग्न रहेको आरोप छ।
पटसोई युनिक–खोंग बजार क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा पीआरई–पीएके (पीआरओ) को सदस्य ४८ वर्षीय खोंगबन्तबाम इनाओ सिंह उर्फ इबोयाइमालाई पक्राउ गरिएको छ। उदेखि १८ हजार ५०० रुपियाँ नगद र एउटा मोबाइल फोन जफत गरिएको छ।
यसैबीच, लिलोंग थाना र सीडीओ–थौबलको संयुक्त टोलीले लिलोंग उसोइपोकपीबाट बीबी लेइहान (६६) र मोहम्मद फारुक (४०) लाई पक्राउ गरेको छ। उनीहरूको कब्जाबाट १८२ वटा एसपी क्याप्सुल तथा कूल १३३ ग्राम हेरोइन जफत भएको छ। जफत गरिएको हेरोइनमध्ये १२ ग्राम एउटा साबुनदानीमा र १२१ ग्राम ९१ वटा प्लास्टिकका सिसीमा राखिएको अवस्थामा फेला परेको थियो।
अर्को संयुक्त अभियानमा सीडीओ–इम्फाल पूर्व र ३१ असम राइफल्सले फाकनुङ, इम्फाल पूर्वबाट केसीपी (अपुनबा) का दुई कथित असूलीकर्तालाई पक्राउ गरेको छ। पक्रा पर्नेमा सेक्टा मायाई लीकाई निवासी फिजाम चिङ्तम मीतेई (२२) र हिजाम नानाओ मीतेई उर्फ अकानाओ (२५) रहेका छन्।
सम्बन्धित घटनामा पुलिसले थप कानूनी कारबाही अघि बढ़ाएको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी