
चेन्नई, १५ सेप्टेम्बर (हि.स.)। तमिलनाडुमा गणेश चतुर्थी उत्सवका क्रममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। चेन्नईको रामापुरमस्थित वेंकटेश्वर नगरमा गणेश प्रतिमा विसर्जन जुलुसका क्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। यसैगरी, डिन्डिगुल जिल्लामा गणेश प्रतिमा स्थापना गर्ने विषयमा भएको विवादपछि एक किसानको हत्या गरिएको छ।
चेन्नईको रामापुरमस्थित वेंकटेश्वर नगरमा गणेश चतुर्थीका अवसरमा गत सोमबार गणेश प्रतिमाको जुलुस निकालिएको थियो। यसै क्रममा जुलुसलाई पूरै क्षेत्रमा परिक्रमा गराउने मागलाई लिएर दुई पक्षबीच विवाद शुरु भयो। हेर्दाहेर्दै विवाद बढ्दै गएपछि दुवै समूहबीच कुटाकुट भएको थियो।
झडपका क्रममा श्रीनिवासन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा १५ सेप्टेम्बरमा उनको मृत्यु भयो। घटनापछि क्षेत्रमा तनाव र शोकको वातावरण रहेको छ।
रामापुरम पुलिसले घटनाको सम्बन्धमा हत्याको मुद्दा दर्ता गरी जॉंच शुरु गरेको छ। पुलिसले आनन्द नाम गरेका एक व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ। साथै, झडपमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न पनि जॉंच भइरहेको छ।
यसैबीच, डिन्डिगुल जिल्लाको कुजिलियामपाराई तालुकअन्तर्गत रामगिरीनजिकै बोम्मनायक्कनपट्टीमा पनि गणेश चतुर्थीका क्रममा विवादपछि एक किसानको हत्या भएको घटना सार्वजनिक भएको छ। मृतकको पहिचान ४७ वर्षीय बोम्मनका रूपमा भएको छ।
प्राप्त जानकारीअनुसार, १३ सेप्टेम्बरमा पैतृक गाउँमा गणेश प्रतिमा स्थापना गर्ने विषयलाई लिएर बोम्मनको गाउँका केही व्यक्तिसँग विवाद भएको थियो। घटनाबारे जानकारी पाएपछि पुलिसले उनलाई कुजिलियामपाराई पुलिस थानामा लगेको थियो, जहाँ कुराकानीमार्फत विवाद समाधान गर्ने प्रयास गरिएको थियो।
कुराकानी सकिएपछि बोम्मन करुवाडु नायक्कनूरस्थित आफ्नी तेस्रो पत्नीको घरतर्फ गएका थिए। तर, उनी त्यहाँ पुगेनन्। पछि पुलिस र उनका परिवारका सदस्यलाई मुष्टकिनत्तुपट्टी क्षेत्रमा बोम्मन मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भयो। उनको शरीरका विभिन्न भागमा रगतका चोटका निशान देखिएका थिए।
सूचना पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई जॉंच शुरु गरेको छ। बोम्मनको हत्या कुन परिस्थितिमा भयो र घटनामा को-को संलग्न छन् भन्नेबारे पुलिसले जॉंच गरिरहेको छ।
पुलिसले दुवै घटनामा आरोपीहरूको पहिचान तथा घटनाको पछाडिको कारणबारे जॉंच जारी राखेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी