
नयाँ दिल्ली, १९ सेप्टेम्बर (हि.स.)। केन्द्र सरकारले आगामी अक्टोबरदेखि १४ राज्य तथा केन्द्रशा सित प्रदेशहरूमा दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना (डीडीयू–जीकेवाई) २.० अन्तर्गत नयाँ तालिम समूह शुरु गर्ने भएको छ। यस अन्तर्गत ३४ हजार ९२० ग्रामीण युवालाई सीपमूलक तालिम प्रदान गरिनेछ।
केन्द्रिय ग्रामीण विकास मन्त्रालय अनुसार, अक्टोबरमा यस योजना अन्तर्गत १ हजार १६४ वटा तालिम समूह शुरु हुनेछन्। यी समूहमा ३४ हजार ९२० ग्रामीण युवाले सीपमूलक तालिम लिनेछन्। तालिम कार्यक्रम ३१ दिसम्बर २०२७ सम्म सञ्चालन हुने जनाइएको छ।
ग्रामीण विकास मन्त्रालयले पहिलो चरणमा तालिम सञ्चालनका लागि १४ राज्य तथा केन्द्रशासित प्रदेशको तयारीको समीक्षा गरेको छ। ती राज्य तथा केन्द्रशासित प्रदेशमा उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, राजस्थान, पश्चिम बंगाल, ओडिशा, कर्नाटक, तेलंगाना, तमिलनाडु, हिमाचल प्रदेश, उत्तराखण्ड, मिजोरम, सिक्किम र पुडुचेरी रहेका छन्।
यी १४ राज्य तथा केन्द्रशासित प्रदेशमा ३१ दिसम्बर २०२७ सम्म कूल ३ लाख ५७ हजार ११२ ग्रामीण युवालाई तालिम दिने स्वीकृत लक्ष्य निर्धारण गरिएको छ। हालसम्म २४ राज्य तथा केन्द्रशासित प्रदेशले १ हजार २०० भन्दा बढ़ी परियोजना अन्तर्गत कूल ५ लाख ६० हजार ग्रामीण युवाका लागि लक्ष्य निर्धारण गरिसकेको मन्त्रालयले जनाएको छ।
उल्लेखनीय छ, डीडीयू–जीकेवाई योजनाले ग्रामीण क्षेत्रका गरीब युवालाई रोजगारीसँग जोड़िएको सीपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिमको अवधि तीन महिनादेखि १२ महिनासम्म हुने गर्छ। डीडीयू–जीकेवाई २.० अन्तर्गत एकीकृत पोर्टल समेत सञ्चालनमा ल्याइएको छ, जसले परियोजना कार्यान्वयनलाई सहज बनाउनुका साथै दक्षता, पारदर्शिता र डिजिटल अनुगमनलाई प्रवर्द्धन गर्ने मन्त्रालयले जनाएको छ।
/ बिशाल