शिल्पाञ्चललाई कुहिरोले ढाक्यो
शिल्पाञ्चललाई कुहिरोले ढाक्यो


दुर्गापुर, 19 सेप्टेम्बर (हि.स.)। प्रायजसो कुहिरो र धमिलोपन शीतयाममा मात्र देख्न पाइन्छ। तर यसपालि सेप्टेम्बरको माध्यमै दुर्गापुर सिटी सेन्टर सहित केही क्षेत्रहरू अनि नेशनल हाइवे- 19 वरवर घना कुहिरो देख्न पाइयो। बिहानको समयमा कतिपय स्थानहरूमा दृश्यता प्रभावित भयो भने सम्पूर्ण औद्योगिक क्षेत्रले धमिलोपनको च्यादर ओड़ेको देखियो।

तथापि यस कुहिरोलाई सोझै रूपमा केवल प्रदूषणबाट बनिएको ‘स्मग’ भन्नु वज्ञानिक रूपले सही हुनेछैन। 19 सेप्टेम्बरको बिहान दुर्गापुरको आद्रता लगभग 99 प्रतिशत र हावाको गति लगभग एक किलोमीटर प्रतिघण्टा दर्ता गरियो। अधिक नमी र हावाको कम गतिले जमीन छेउमा नमीको घनीकरणको लागि अनुकूल परिस्थिति निर्माण गर्छ जसबाट धमिलो र कुहिरो बन्नसक्छ।

तर दुर्गापुरको औद्योगिक स्थितिलाई हेर्दा प्रदूषणको भूमिकालाई पनि बेवास्ता गर्न सकिँदैन। यसै वर्ष 2026-मा प्रकाशित एक वैज्ञानिक अध्ययनमा दुर्गापुर-आसनसोल-रानीगञ्ज औद्योगिक कोरिडोरमा पीएम 2.5 र पीएम 10 -को स्तरको अध्ययन गरियो जसमा उद्योग अनि परिवहनलाई स्थानीय प्रदूषणका प्रमुख श्रोतहरूमा सामेल गरिएको छ। अध्ययनानुसार औद्योगिक तथा वाणिज्यिक क्षेत्रहरूमा पार्टिकुलेट म्याटरको स्तर अधिक पाइयो।

दुर्गापुरको क्लीन एयर एक्शन प्लानमा पनि वर्ष 2018- को उत्सर्जन मूल्याङ्कनको आधार बताइएको छ, आसनसोल- दुर्गापुर क्षेत्रमा पीएम2.5को लागि औद्योगिक क्षेत्रको योगदान सबैभन्दा अधिक थियो। त्यसपछि धूलो, ईँटा भट्टी, परिवहन तथा घरेलु श्रोतहरूको योगदान दर्ता गरिएको थियो।

दुर्गापुर-आसनसोल बेल्टमा भारी उद्योग, कोइला आधारित गतिविधि, बिजुली संयन्त्र, स्पञ्ज आयरन, इस्पात, सीमेन्ट, ईँटा भट्टी र भारी वाहनहरू रहेका छन्। यस्तो औद्योगिक क्षेत्रमा जब हावाको गति कम र वायुमण्डलीय मिश्रण कमजोर हुन्छ तब उत्सर्जित कण जमीनको छेउमा कायम रहनसक्छ। यसबाट बिहान धमिलोपन तथा प्रदूषणको प्रभाव एकसाथ देखिने सम्भावना बढ़्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande