एनजेपी स्टेशनमा ट्रेनबाट चार जना संदिग्ध अनुप्रवेशकारीहरू समातिए
एनजेपी स्टेशनमा ट्रेनबाट चार जना संदिग्ध अनुप्रवेशकारीहरू समातिए


सिलगढ़ी, 19 सेप्टेम्बर (हि.स.)। न्यू जलपाईगुड़ी (एनजेपी) रेलवे स्टेशनमा अनुप्रवेशकारीको आशङ्कामा रेलवे पुलिसले चार जना मानिसहरूलाई पक्राउ गरेको छ। प्रारम्भिक जाँचमा पुलिसलाई थाहा लागे अनुसार म्यान्मार निवासी यीचारैजना मानिसहरू लामो समयदेखिकै बङ्गलादेशमा बस्दै आइरहेका थिए।

रेलवे पुलिस अनुसार गुप्त सूचना प्राप्त भएको थियो, चार जना संदिग्ध मानिसहरू सीमाबाट छिरेर ट्रेनको माध्यमबाट पञ्जाब जाने प्रयास गरिरहेका छन्। सूचना पाएपछि रेलवे सुरक्षा बल (आरपीएफ)-ले यसको जानकारी रेलवे पुलिसलाई दियो।

रेलवे पुलिसले गए शुक्रवार अबेर राति संयुक्त रूपमा त्रिपुरा सुन्दरी एक्सप्रेस एनजेपी स्टेशनको प्लेटफर्म नम्बर छमा आइपुग्नसाथ सामान्य बोगीमा खोजी अभियान स़ञ्चालन गऱ्यो। यस अवधि चारै संदिग्धहरूलाई हिरासतमा लिइयो। पछि यिनीहरूलाई अग्रिम कानूनी प्रक्रियाको लागि जीआरपीलाई सुम्पिइयो। हाल जीआरपीले मामिलको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande