कर्नाटकको हुब्बलीमा केन्द्रिय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा समस्या
आज सुबह एक प्राइवेट होटल में अमित शाह से मिलते हुए स्टेट प्रेसिडेंट विजयेंद्र की एक तस्वीर।


हुब्बली, १९ सेप्टेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहको शनिवार कर्नाटकको हुब्बली स्थित एक निजी होटलमा स्वास्थ्यमा समस्या देखिएको छ। त्यसपछि उनीसँगै आएको चिकित्सकहरूको टोलीले होटलमै उनको उपचार तथा स्वास्थ्य निगरानी गरिरहेको छ। पार्टी सूत्रहरूले यसबारे जानकारी दिएका छन्।

पार्टी सूत्रहरू अनुसार, स्वास्थ्यमा अचानक समस्या देखिएपछि चिकित्सकहरूले अमित शाहलाई लगभग दुई घण्टा आराम गर्न सल्लाह दिएका छन्। यसबीच धारवाड़का जिल्ला अधिकारी तथा जिल्ला पञ्चायतका प्रमुख कार्यकारी अधिकारी भुवनेश पाटील सहित वरिष्ठ अधिकारीहरूले अमित शाह बसेको निजी होटलमा पुगेर अवस्थाबारे जानकारी लिएका छन्।

चिकित्सकको सल्लाह अनुसार, आराम गरेपछि अमित शाह दिल्ली फर्किने सम्भावना रहेको जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिवारका उनका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। उनको आजको कार्यक्रम रद्द गरिएको जानकारी अघि आएको छ।

अमित शाह शुक्रवार राति विशेष विमान मार्फत दिल्लीबाट हुब्बली विमानस्थल पुगेका थिए। त्यसपछि उनी एक निजी होटलमा बसेका थिए।

शनिवार उनले केएलई संस्थाको नवनिर्मित चिकित्सा महाविद्यालय एवं अस्पतालको उद्घाटन गर्ने कार्यक्रममा सामेल हुनुथियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande