

आगर मालवा, १९ सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशको आगर मालवा जिल्लाको नलखेड़ामा शुक्रवार राति ठूलो दुर्घटना भएको छ। प्रसिद्ध शक्तिपीठ माँ बगलामुखी मन्दिर नजिक ओडिशाका तीर्थयात्री सवार कार वर्षाका कारण आएको खोलाको तीव्र बेगमा बग्दा आठ जनाको मृत्यु भएको छ। मृतकमा तीन बालबालिका, दुई महिला र तीन पुरुष रहेका छन्।
पुलिस अधीक्षक दिलीप कुमार सोनीले शनिवार घटनाको पुष्टि गर्दै मृतकमध्ये सात जना ओडिशाका र कार चालक आगर मालवा जिल्लाको बडौद निवासी अरुण गोयल रहेको जानकारी दिएका छन्। तीव्र पानीको बेगको कारण कार पुलियाबाट लगभग १०० मिटर तल खोलामा बग्यो। पानीको तीव्र बेगले कार क्षतिग्रस्त भयो। उद्धार टोलीले कारलाई खोलाबाट बाहिर निकालेर त्यसमा रहेका शवहरू फेला पऱ्यो।
पुलिस अनुसार, ओडिशाका सात जना नलखेड़ा स्थित प्रसिद्ध माँ बगलामुखी मन्दिरमा दर्शन गर्न आएका थिए। उनीहरूले उज्जैनबाट कार भाड़ामा लिएका थिए। शुक्रवार मन्दिरमा दर्शन गर्न नलखेड़ा पुगेका बेला उक्त दुर्घटना भएको हो। घटनाको सूचना प्राप्त हुनासाथ प्रशासन तथा उद्धार टोली घटनास्थल पुगे। स्थानीयवासीको सहयोगमा उद्धार कार्य शुरु गरियो। उद्धारका क्रममा स्थानीयवासीले डोरी बाँधेर कारलाई खोलाबाट बाहिर निकाले। त्यसपछि पुलिसले कारमा फसेका मृतकहरूको शव निकालेर पोस्टमार्टमको लागि पठाएको छ। घटनास्थलमा प्रशासन तथा पुलिस टोली खटिएको छ।
मृत कार चालकको पहिचान अरुण गोयलका रूपमा भएको छ। उनी आगर मालवा जिल्लाको बडौद स्थित सुदवासका निवासी थिए। प्रशासनले उनको पहिचान पुष्टि गरेको छ। अन्य मृतकहरूको पहिचान गर्ने प्रक्रिया पुलिसले अघि बढ़ाइरहेको छ।
दुर्घटनापछि स्थानीयवासीमा आक्रोश देखिएको छ। स्थानीयवासीले प्रशासन विरुद्ध नाराबाजी गर्दै अम्बेडकर चोकमा सड़क अवरुद्ध गरेका छन्। पुलिस अधीक्षक सोनी अनुसार, दुर्घटना राति लगभग १ः३० बजी भएको हो। त्यस समय क्षेत्रमा भारी वर्षा भइरहेको थियो। प्रारम्भिक रूपमा वर्षाका कारण खोलामा पानीको बेग बढ़ेपछि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। उनी अनुसार, कार उज्जैनको दर्ता भएको र उज्जैनकै रहेको खुलेको छ। कारको आवतजावत तथा यससँग सम्बन्धित अन्य पक्षबारे पनि जानकारी संकलन भइरहेको छ।
पुलिसले मन्दिर तथा वरपर जड़ान गरिएका सीसीटीभी क्यामेराको दृश्य समेत जाँच गरिरहेको छ। दुर्घटनापछि त्यस क्षेत्रको व्यवस्थामा आवश्यक सुधारका पक्षहरूबारे पनि अध्ययन भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी