भाजपा सांसदले पश्चिम बङ्गालमा द्रूत रेल नेटवर्कको माग गर्दै केन्द्रिय मन्त्रीलाई पत्र लेखे
शमिक


कोलकाता, १९ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल भाजपा अध्यक्ष तथा राज्यसभा सांसद शमिक भट्टाचार्यले राज्यमा क्षेत्रीय द्रूत यातायात प्रणाली (आरआरटीएस) शुरु गर्ने प्रस्तावबारे केन्द्रिय आवास तथा शहरी मामिला मन्त्री मनोहर लाललाई पत्र लेखेका छन्। पत्र मार्फत उनले दक्षिण बंगालका प्रमुख शहरहरूलाई राजधानी कोलकातासँग जोड्ने उच्च गतिको रेल सञ्जाल विकास गर्न माग गरेका छन्। यस सम्बन्धी प्रारम्भिक सम्भाव्यता प्रतिवेदन समेत मन्त्रीसमक्ष बुझाइएको छ।

यातायात अनुसन्धानकर्ता सौरदीप सरकार र अद्रि रोय चौधरीले तयार पारेको प्रारम्भिक रिपोर्टमा कोलकाताको मैदान क्षेत्रलाई मुख्य केन्द्र बनाएर चार वटा प्रमुख मार्गको प्रस्ताव गरिएको छ। पहिलो मार्ग कोलकाताबाट कल्याणी, कृष्णनगर हुँदै मायापुरसम्म १३५ किलोमिटर लामो हुनेछ। दोस्रो मार्ग कोलकाताबाट बर्दवान, दुर्गापुर हुँदै आसनसोलसम्म २३२ किलोमिटर लामो प्रस्ताव गरिएको छ। यसमा आसनसोल तथा दुर्गापुरका लागि छुट्टै मेट्रो प्रणालीको प्रस्ताव समेत गरिएको छ। तेस्रो मार्ग कोलकाताबाट फलता, डायमन्ड हार्बर हुँदै हल्दियासम्म १०२ किलोमिटर लामो हुनेछ। चौथो मार्ग सन्तरागाछी, कोलाघाट र खड़गपुर हुँदै मेदिनीपुरसम्म १३५ किलोमिटर लामो प्रस्ताव गरिएको छ।

पत्रमा दुर्गापुर, आसनसोल, खड़गपुर, कृष्णनगर र हल्दिया जस्ता शहरहरू महत्वपूर्ण औद्योगिक, शैक्षिक, बन्दरगाह तथा पर्यटन केन्द्रका रूपमा विकसित भइसकेको उल्लेख गरिएको छ। भूमि अधिग्रहणलाई कम गर्न यी नयाँ मार्गहरूलाई वतर्मान राजमार्गहरू र रेलवे लाइनहरूको समानान्तर बनाउने सुझाउ दिइएको छ। यसका साथै परियोजनाको क्रियान्वयनका लागि राष्ट्रिय राजधानी क्षेत्र परिवहन निगम सरह भारत सरकार र पश्चिम बंगाल सकारको संयुक्त स्वामित्वको एक विशेष संस्था 'पश्चिम बंगाल ऱ्यापिड ट्रान्जिट कोर्पोरेशन' गठनको पनि सिफारिश गरिएको छ।

सांसद भट्टाचार्यले मन्त्रीसंग यस प्रस्तावको विस्तृत इन्जीनियरिङ, माग पूर्वानुमान र वित्तीय विश्लेषण गराउने आग्रह गरेका छन् ताकि यस दिशामा तीव्र गतिमा कदम बढ़ाउन सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande