
मुर्शिदाबाद, १९ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको रेजीनगर विधानसभा सिटमा हुने उपचुनाउलाई लिएर शनिवार ठूलो तथा अप्रत्याशित राजनीतिक घटनाक्रम देखिएको छ। पूर्वमुख्यमन्त्री ममता ब्यानर्जीको समूह ‘ममता अल इन्डिया तृणमूल कांग्रेस’का उम्मेदवार रबीउल आलम चौधरीले उम्मेदवारी फिर्ता लिने आफ्नै निर्णयबाट पछि हटेका छन्। शनिवार दिउँसो उनले औपचारिक रूपमा आफूले उम्मेदवारी फिर्ता नलिने र पार्टीको नयाँ चुनाउ चिह्न लिएर चुनावी मैदानमा उत्रने घोषणा गरे।
आफ्नो निर्णयमा आएको अचानक परिवर्तनबारे पत्रकारहरूसँग कुरा गर्दै रबीउल आलम चौधरीले भने कि वर्तमान परिस्थिति र नयाँ चुनाउ चिह्नलाई ध्यानमा राख्दै उनले यसअघि चुनावी मैदानबाट हट्ने निर्णय गरेका थिए। तर, अहिले यही नयाँ चिह्न लिएर जनताको अदालतमा जाने निर्णय गरेको उनले बताए। उनले आफू चुनाउ कसरी लड्ने भन्नेबारे राम्रोसँग जानकार रहेको र यसअघि पनि पटक–पटक चुनाउ जितिसकेको भन्दै आत्मविश्वास व्यक्त गरे।
उनले आफ्ना कार्यकर्ताहरूले रणनीति पूर्ण रूपमा बुझिसकेको बताउँदै शनिवारदेखि नै व्यापक प्रचार अभियान शुरु हुने जानकारी दिए। पार्टीका वरिष्ठ नेताहरू पनि क्षेत्रमा प्रचार गर्न आउने उनले बताए। रबीउलले ममता ब्यानर्जीले दिने निर्देशअनुसार आफू अघि बढ्ने स्पष्ट पारे।
उल्लेखनीय छ, आगामी ६ अक्टोबरमा नन्दीग्राम र रेजीनगर दुवै सिटमा उपचुनाउ हुँदैछ। निर्वाचन आयोगले पार्टीको पुरानो नाम र चुनाउ चिह्न फ्रीज गरेपछि ममता समूहलाई अन्तरिम व्यवस्था अन्तर्गत ‘ममता अल इन्डिया तृणमूल कांग्रेस’ नाम र ‘फुटबल खेलाड़ी’ चुनाउ चिह्न प्रदान गरिएको छ।
शुक्रवार नन्दीग्राम सिटबाट ममता समूहकी उम्मेदवार सञ्चित प्रधानले उम्मेदवारी फिर्ता लिएपछि रेजीनगरमा पनि यस्तै परिस्थिति बन्ने देखिएको थियो। शनिवार बिहानसम्म रबीउलले पनि यति कम समयमा मतदातासम्म नयाँ चुनाउ चिह्न पुर्याउन कठिन हुने र कार्यकर्ताहरूको सल्लाहमा आफूले उम्मेदवारी फिर्ता लिने बताएका थिए। तर, दिउँसो उनले आफ्नो उक्त निर्णय फिर्ता लिए।
रबीउलको यस रणनीतिक कदमप्रति विद्रोही खेमाको ‘डेमोक्रेटिक तृणमूल कांग्रेस’का नेता तथा विधायक सन्दीपन साहाले तीखो व्यंग्य गरेका छन्। उनले त्यहाँ कस्तो राजनीतिक तमासा चलिरहेको हो भन्ने बुझ्न नसकेको बताए। आफ्नो पार्टीका उम्मेदवारले ‘खाम’ चुनाउ चिह्न लिएर पूर्ण शक्तिका साथ चुनाउ लड्ने उनले दाबी गरे। रबीउलको यस निर्णय परिवर्तनसँगै रेजीनगरको उपचुनाउ अब त्रिकोणीय प्रतिस्पर्धामा परिणत भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी