
गुवाहाटी (असम), 02 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार घोषणा गरे, राज्य पुलिसमा 15-20 हजार थप युवाहरूको भर्ती गरिनेछ। उनले यो घोषणा देरगाउँस्थित लचि बरफूकन पुलिस अकादमीमा आयोजित दीक्षान्त समारोहमा गरेका हुन्।
मुख्यमन्त्रीले लाचित बरफूकन पुलिस अकादमीमा असम पुलिसका 32 जना उपपुलिस अधीक्षक औ सञ्चार शाखाका 371 जना कन्स्टेबलहरूको दीक्षान्त समारोह तथा ‘पासिङ्ग आउट परेड’-मा भाग लिए। यस अवसरमा उनले भने, यी नवनियुक्त पुलिस अधिकारीहरू अनि जवानहरूको अनुशासन, साहस र कर्तव्यनिष्ठाले राज्यका मानिसहरूको सुरक्षा एवं सेवामा नयाँ शक्ति थपिदिएको छ।
मुख्यमन्त्रीले परेडक निरीक्षण गर्नका साथै प्रशिक्षम अवधि उत्कृष्ट प्रदर्शन गर्ने अधिकारी अनि कन्स्टेबलहरूलाई सम्मानित गरे। उनले भने, यी पुलिसकर्मीहरूको कड़ा मिहेनत र समर्पण अन्य मानिसहरूका लागि पनि प्रेरणाको श्रोत हो।
समारोहमा पुलिस जवानहरूले मुख्यमन्त्री समक्ष आकर्षक ड्रिल, कलाबाजी औ विभिन्न कौशलको बेजोड़ प्रदर्शन गरे। मुख्यमन्त्रीले सबै नवनिुक्त अधिकारीहरू अनि जवानहरूलाई जनसेवा, कर्तव्य एवं इमानदारीलाई सर्वोच्च प्राथमिकता दिँदै असम पुलिसको गरिमा र प्रतिष्ठालाई थप उचाईसम्म पुऱ्याएकोमा शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा