
नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। दिल्ली सरकारको व्यापार एवं कर विभागले कर चोरी औ तम्बाकू उत्पादहरूको अवैध व्यापारविरूद्ध व्यापक कारबाही शुरू गरेको छ। विभागको एन्टी-इभेजन शाखा-II ले नियमित जाँचमा लगभग 4.20 लाख आयातित ‘ईएसएसई लाइट’ सिगरेट लिएर गइरहेको एउटा वाहनलाई जफत गरेको छ। जफत गरिएको सिगरेटको अनुमानित बजार मूल्य लगभग 65 लाख रुपियाँ रहेको बताइएको छ। यो कारबाही जीएसटी अधिनियम, 2017 का प्रावधानहरू अन्तर्गत गरिएको हो। मुख्यमन्त्री रेखा गुप्ताले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेकी छन्, दिल्ली सरकारले कर चोरी, वस्तुहरूको गुप्त आवागमन तथा अवैध तम्बाकू उत्पादहरूको व्यापारविरूद्ध कड़ा कारबाहीलाई जारी राख्नेछ।विज्ञप्तिमा उल्लेख गरिए अनुसार विभागीय टीमले गए राती जाँचको क्रममा एउटा वाहनलाई रोक्यो। वाहनमा प्रचुर मात्रामा आयातित ‘ईएसएसई लाइट’ सिगरेट लादिएको थियो। सिगरेटको यो खेपलाई भारतमा बेचिने वा वितरण गरिने तम्बाकू उत्पादहरूमाथि लागू वैधानिक आवश्यकताहरूको उल्लङ्घन गर्दै लगिँदैथ्यो। जाँचमा प्रवर्तन टीमले पायो, सिगरेटको प्याकेटमा निर्धारित चित्रात्मक स्वास्थ्य चेतावनी प्रदर्शन गरिएको थिएन। यसरी सिगरेटको खोलमा स्वास्थ्य चेताउनी नहुनु सिगरेट र अन्य तम्बाकू उत्पाद अधिनियम, 2003 को धारा 7 -को उल्लङ्घन हो। यस प्रावधान अन्तर्गत यस्तो सिगरेटको प्याकेटलाई बिक्री, आपूर्ति वा वितरण गर्ने अनुमति छैन जहाँ निर्धारित स्वास्थ्य चेताउनी हुँदन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा