
उदालगुरी (असम), 02 सेप्टेम्बर (हि.स.)। उदालगुरी जिल्लाको भुइयाँखाती क्षेत्रमा तीव्र गतिको कार दुर्घटनाग्रस्त भएको कारण कारमा सवार दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। पुलिसले बुधवार बतायो, बितेको राती जिल्लाको भुइयाँखाती क्षेत्रमा अनियन्त्रित भएर एउटा कार पक्काको भित्तामा ठोक्कियो जसले गर्दा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान हिमांशु सहरिया र मानस काकतीको रूपमा गरिएको छ। मृतक मानस एकजना शिक्षक थिए भने हिमांशु व्यापारी। दुवै शिपाझारको रामगाउँका निवासी रहेको बताइएको छ। कारमा सवार अर्को एकजना व्यक्तिलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा