60 लाख फिरौतीका लागि 9 वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ
सांकेतिक


जोरहाट (असम), 02 सेप्टेम्बर (हि.स.)। असमको मरियानीमा नौ वर्षीया बालिकाको कथित अपहरणको घटना प्रकाशमा आएको छ। बालिकाका आफन्तले उसलाई फकाएर आफूसित लगेर गए औं पछि परिवारबाट 60 लाख रुपियाँ फिरौती मागेको आरोप लगाइएको छ। तुरुन्तै कारबाही गर्दै पुलिसले डेरगाँवको इस्लाम नगरबाट बालिकालाई सुरक्षित रूपमा उद्धार गऱ्यो।

पुलिस अनुसार, बालिकाका मामा सागर घोष र उनकी पत्नी मनीषा घोष मरियानीको लोकनाथ भवनको कोठा नम्बर 109 मा लगभग तीन दिनदेखि बस्दै आएका थिए। मङ्गलवार दिउँसो ती दुई जना कथित रूपमा केटीको आफन्तको घरमा पुगे र बहाना बनाएर उनलाई आफूसँगै लगे।

धेरै घन्टासम्म केटी घर नआएपछि परिवारका सदस्यहरूले उनको खोजी गर्न थाले। पुलिस अनुसार, साँझ 5 बजीतिर कथित अपहरणकर्ताहरूले परिवारबाट 60 लाख रुपियाँ फिरौती मागे र पुलिसलाई जानकारी दिएमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिए। साँझ 8 बजीतिर पैसा नदिइएमा बालिकालाई ज्यानले मार्ने धम्की दिइएको आरोप लगाइएको छ।

घटनाको जानकारी पाएपछि मारियानी पुलिसले केटीलाई पत्ता लगाउन खोजी अभियान शुरु गऱ्यो। पुलिसले प्राप्त गरेको सूचनाको आधारमा डेरगाँवको इस्लाम नगरमा छापा मारियो, जहाँबाट केटीलाई राति 2 बजीतिर सुरक्षित रूपमा उद्धार गरियो। केटी सुरक्षित रहेको र परिवारलाई सुम्पिएको पुलिसले जानकारी गराएको छ।

पुलिसले यस मामिलामा अहिलेसम्म दुई जनालाई पक्राउ गरेको छ। उनीहरू डेरगाँवको कोइलाखाता निवासी सागर घोष उर्फ 'टार्जन' र इस्लाम नगर निवासी वसीम रहमान उर्फ 'कनकई' हुन्।

यसैबीच मनिषा घोष, डेरगाँवको इस्लाम नगर निवासी राहुल अली र फुकन नगर निवासी 'मोन' भनेर चिनिएका व्यक्ति फरार छन्। उनीहरूलाई पक्राउ गर्न पुलिसले छापा मारेको छ।

पुलिसले अपहरणमा कथित रूपमा प्रयोग गरिएको गाड़ी (एएस05बी 9917) र रातो रङको स्कूटर (एएस05डब्लु 4263) पनि जफत गरेको छ। अहिले पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ र अपहरणको षड्यन्त्रमा को-को संलग्न थिए भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande