बारूइपुर हिंसा मामिलामा माकपा नेता मोहम्मद लायक अलीलाई कलकत्ता उच्च अदालतबाट अन्तरिम जमानत प्राप्त
बारूइपुर हिंसा मामिलामा माकपा नेता मोहम्मद लायक अलीलाई कलकत्ता उच्च अदालतबाट अन्तरिम जमानत प्राप्त


कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। कलकत्ता उच्च अदालतले दक्षिण 24 परगनाको बारूइपुरमा नाबालिकाको दष्कर्मपछि हत्या भएको घटनाबाट सृजित हिंसाको मामिलामा माकपा नेता मोहम्मद लायक अलीलाई अन्तरिम जमानत दिएको छ। न्यायमूर्ति तिर्थङ्कर घोषको एकल पीठले बुधवार उनलाई आगामी 10 सेप्टेम्बरसम्म सशर्त अन्तरिम जमानत दियो।

अदालतले जमानत दिँदा अलीलाई बारूइपुरस्थित घर तथा त्यस क्षेत्रदेकि बाहिर जानदेखि रोक लगाएको छ। साथै उनलाई जाँचमा पुलिसलाई सहयोग गर्ने निर्देश पनि दिइएको छ।

अलीले आफ्नी बुजुर्ग अमाको खस्किँदो स्वास्थ्य अवस्थालाई आधार बनाएर अन्तरिम जमानतको माग गरेका थिए। बुधवार अपरान्ह संक्षिप्त सुनवाीपछि अदालतले उनको याचिकालाई स्वीकार गऱ्यो।

बारूइपुरमा गत जुलाई महिनामा नाबालिकासित दुष्कर्म अनि हत्या भएको घटनापछि व्यापक रूपमा तनाउ फैलिएको थियो। स्थानीय मानिसहरूले हिंसक प्रदर्शन गरेका थिए तथा घटनामा सामेल रहेको शङ्कामा एकजना युवकको कुटेरै हत्या ग रिदिएका थिए। पछि थाहा लाग्यो, ती युवक निर्दोष थियो।

पुलिसले माकपाको दक्षिण 24 परगना जिल्ला समितिका सदस्य अलीमाथि मानिसहरूलाई भड़्काएको तथा कानूनलाई आफ्नो हातमा लिनको लागि भीड़लाई सङ्गठित बनाएको आरोप लगाएको थियो। पुलिसले उनीविरूद्ध 26 वटा मामिला दर्ता गरेको थियो। उनलाई गत 12 जुलाईको राती आफ्नै घरबाट पक्राउ गरिएको थियो। तथापि माकपा नेतृत्वले आफ्नो पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande