झाड़ग्राममा देह व्यापारको भण्डाफोर, 13 जना महिलाहरू सहित 21 जना पक्राउ
झाड़ग्राममा देह व्यापारको भण्डाफोर, 13 जना महिलाहरू सहित 21 जना पक्राउ


झाड़ग्राम, 02 सेप्टेम्बर (हि.स.)। जङ्गलमहलको झाड़ग्राम जिल्लास्थित झाड़ग्राम शहरको रेणु लजमा पुलिसले बुधबार छापामारी गऱ्यो। जिल्ला पुलिसले प्राप्त सूचनाको आधारमा यो कारबाही गरेको हो। आरोप छ, शहरका विभिन्न लजहरूमा गलत गतिविधिहरू सञ्चालन भइरहेका छन्।यसै सूचनाको आधारमा झाड़ग्रामका अनुमण्डल पुलिस अधिकारी शमिम बिस्वासको नेतृत्वमा पुलिसले रेणु लजमा छापेमारी गऱ्यो।

पुलिस सूत्र मुताविक छापामारीमा 21 जना मानिसहरूलाई पक्राउ गरियो जसमा 13 जना महिला र 8 जना पुरूषहरू सामेल छन्। सबैलाई झाड़ग्राम थानामा लगेर जाँचबुझ गरिँदैछ। छापामारी अभियानमा झाड़ग्राम थानाका प्रभारी उदय शङ्कर घोष समेत ठूलो सङ्ख्यामा पुलिसकर्मीहरू उपस्थित थिए। अचानक भएको पुलिसको कारबाहीले लज परिसरमा खैलाबैला मचियो।

पुलिस सूत्र अनुसार कारबाही रेणु लजसम्म मात्र सीमित रहेन। पुलिसले यो पनि जाँच गरिरहेको छ कि झाड़ग्राम शहरका अन्य लजहरूमा पनि यस्तै गतिविधिहरू भइरहेको त छैन। हिरासतमा लिइएका मानिसहरूसित जाँचबुझ गरी पुलिसले यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि मामिलामा कुनै अन्य मानिसहरू पनि सामेल छन्। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande