
खड़गपुर, 02 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी खण्ड अन्तर्गत कुसुमपुर जङ्गल संलग्न क्षेत्रमा गए मङ्गलवार अबेर राती झाड़ग्रामका एकजना युवकको शव भेटियो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान दीपाङ्कर दत्ता (30)- को रूपमा भएको छ जो झाड़ग्राम जिल्लाको बेलियाबेड़ा थाना क्षेत्रको जहानपुर गाउँ निवासी रहेको बताइएको छ। बुधवार शवलाई पोस्टमर्टम ग्रनको लागि पठाइयो।
पुलिस सूत्र अनुसार दीपाङ्कर मङ्गलवार राती आफ्नो मारूती ओमनी मार्फत केशियारी तर्फ आइरहेका थिए। बाटोमा तिनले आफ्नो परिवारका सदस्यहरूसित भिडियो कलमा बातचित पनि गरेका थिए। त्यसपछि कुसुमपुर जङ्गल संलग्न सड़ककोकिनारमा उसको गाड़ी भेटियो।
लामो समयसम्म दीपाङ्करसित फोनमा सम्पर्क हुन नसकेको कारणले परिवारका सदस्यहरूले तिनलाई सबैतिर खोज-तलास गर्न शुरू गरे। खोज्दै जाँदा परिवारका सदस्यहरू तिनको वाहनको छेउमा पुगे जहाँ दीपाङ्करको शव पनि थियो। परिवारले तत्काल केशियारी थाना पुलिसलाई सूचना दियो। त्यसपछि पुलिस राती लगभग 12 बजे घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर थानामा लग्यो।
दीपाङ्करको मृत्यु कसरी भयो, अहिलसम्म स्पष्ट हुन सकेको छैन। उसको मृत्यु कुन परिस्थितिमा भयो, पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा