सड़क दुर्घटनामा महिलाको मृत्यु
सड़क दुर्घटनामा महिलाको मृत्यु


पूर्व मेदिनीपुर, 02 सेप्टेम्बर (हि. स.)। जिल्लाको मोयना थाना अन्तर्गत भुुइपाड़ा क्षेत्रमा बुधवार भएको एक सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भयो।मृतकाको पहिचान वर्णाली सान्तरा बेराको रूपमा भएको छ जो मोयना थाना क्षेत्रको चेङ्गरा गाउँ निवासी थिइन्। उनको पतिको नाम रञ्जन बेरा हो।

स्थानीय सूत्र अनुसार महिला कुनै कामको सिलसिलामा घरबाट गइरहेकी थिइन्। यसै अवधि मोयनाको श्रीरामपुरस्थित पुरानो बाँसको पुलबाट श्रीकण्ठा तर्प जाने मार्गमा पछाड़िबाट आइरहेको एउटा वाहनले उनलाई ठक्कर दियो। ठक्कर लागेपछि महिला गम्भीर रूपमा घाइते भएर सड़कमा मुर्छित परिन्। घटनास्थलमा भेला भएका स्थानीय मानिसहरूले हतार-हतार महिलालाई अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। सूचना पाएर मोयना थानाको पुलिसले घटनास्थलमा पुगी स्थितिलाई नियन्त्रण गऱ्यो।

स्थानीय मानिसहरूको भनाइ छ, मोयनाका अधिकांश मार्ग जलमग्न भएको कारणले यो साँघुरो बाटो भएर ठूल्ठूला वाहनहरू ओहोर-दोहोर गर्दछन्। त्यसैले दुर्घटना हुने आशङ्का व्याप्त भइरहन्छ। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। घटनापछि क्षेत्रमा शोक फैलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande