पश्चिम बङ्गालमा निम्न दबावको प्रभाव, उत्तरमा घना वर्षाको चेताउनी
पश्चिम बङ्गालमा निम्न दबावको प्रभाव, उत्तरमा घना वर्षाको चेताउनी


कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। गाङ्गेय पश्चिम बङ्गाल एवं संलग्न तटीय क्षेत्रहरूको माथि विकसित कम दबावको प्रभावले बुधवार पनि राज्यमा वर्षाको प्रभाव कायम रहनेछ। मौसम विभाग अनुसार यो मौसमी तन्त्र पश्चिम-उत्तर-पश्चिम दिशा तर्फ बढ़िरहेको जसकारण राज्यका केही भागहरूमा बादल लाग्नको साथै वर्षाको श्रृङ्खला कायम रहने सम्भावना छ।

उत्तर बङ्गालका उप-हिमालयी जिल्लाहरू क्रमैले दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहारमा मौसम विभागले घना वर्षा, गर्जनसितै बिजुली चम्किने तथा तीव्र हावा चल्ने चेताउनी जारी गरेको छ। पहाड़ी क्षेत्रहरूमा पैह्रो जाने र समतलमा पानी जमिने स्थितिलाई ध्यानमा राखेर स्थानीय प्रशासनलाई सतर्क रहने निर्देश दिइएको छ।

यता दक्षिण बङ्गालको कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्वी एवं पश्चिमी मेदिनीपुर औ ब्यारकपुर सहित विभिन्न जिल्लाहरूमा दिनभरि नै आंशिक रूपमा बादल लागिरहनेछ। पछिल्लो दिनमा भएको घना वर्षापछि आज वर्षाको तीव्रता घट्नेछ तथापि केही स्थानहरूमा हल्कादेखि मद्यम वर्षा हुने सम्भावना छ। पनागढ़, क्यानिङ्ग र हल्दिया जस्ता क्षेत्रहरूमा रोकिँदै पानी परिरहेको छ।

तापमानको कुरा गर्नु हो भने कोलकाता र यस वरपरका क्षेत्रहरूमा अधिकतम तापमान लगभग 31°C- 32°C र न्यूनतम तापमान 26°C लगभग रहने अनुमान लगाइएको छ। हावामा आद्रताको स्तर 88-92 प्रतिशतबीच रहनेछ जसबाट मानिसहरूलाई आद्रताजन्य समस्याहरूको सामना गर्न परिरहेको छ। मौसम वैज्ञानिकहरू अनुसार आगामी 24-48 घण्टासम्म राज्यमा मनसुन सक्रिय रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande