कालकाजी क्षेत्रमा दुई पक्षको झगड़ामा एकजनाले गुमायो ज्यान
कालकाजी क्षेत्रमा दुई पक्षको झगड़ामा एकजनाले गुमायो ज्यान


नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। दिल्लीको कालकाजी क्षेत्रमा एउटै घरमा बस्ने दुई पक्षबीच भएको कुटाकुटमा एक जना व्यक्तिले ज्यान गुमाएको छ। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।

पुलिस अनुसार गए शनिवार अबेर राति 12:03 बजी कालकाजीमा झगड़ा भएको सूचना प्राप्त भएको थियो। शुरूआती जाँचमा थाहा लाग्यो कि एल-8 को ग्राउण्ड र तेस्रो तलामा बस्ने मानिसहरूमाझ कुनै कुरालाई लिएर भनाबैरी भएको थियो जुन कुटाकुटसम्म पुग्यो। यसै अवधि मञ्जीत सिंह उपनाम बन्टी र उसको भाइ दिलबाग सिंहलाई गम्भीर चोट लाग्यो। पुलिसले दुवै दाज्यु-भाइलाई एम्स ट्रमा सेन्टरमा पुऱ्यायो जहाँ डाक्टरहरूले मञ्जीतलाी मृत घोषित गरिदियो भने दिलबागको उपचार भइरहेको छ।

पुलिसले अझ बताए मुताविक शुरूआती जाँचबुझमा थाहा लागेको छ, भवन बाहिर पहिला कुनै कुरालाई लिएर भनाबैरी भएको थियो। त्यसपछि दुवै पक्षबीच कुटाकुट शुरू भयो। आरोपीहरूको पहिचान अनि घटनाक्रमको पुष्टि गर्नको लागि सीसीटीभी क्यामराको फुटेज खङ्गालिरहेको छ। आरोपीहरूलाई पक्राउ गर्नको लागि धेरै वटा टीमहरू बनाएर पुलिसले कानूनी कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande