
नयाँ दिल्ली, २० सेप्टेम्बर (हि.स.)। जोधपुरमा जारी हवाई अभ्यास ‘वीर गार्जियन’का क्रममा आइतवार भारतीय वायुसेना प्रमुख र जापानको वायु आत्मरक्षा बलका प्रमुखले तेजस लड़ाकू विमानमा उड़ान भरे। उनीहरूसँगै सुखोई–३० एमकेआई विमान पनि आकाशमा उड़ेको थियो। भारत र जापानबीचको यस हवाई गतिविधिले दुवै देशको वायुशक्ति र रणनीतिक साझेदारीको प्रदर्शनलाई थप बल दिएको छ। यो उड़ानले भारत र जापानबीच बढ्दो रक्षा सहयोग तथा परिचालनगत समन्वयलाई समेत प्रतिबिम्बित गरेको छ।
भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल अमर प्रीत सिंह र जापान एयर सेल्फ–डिफेन्स फोर्सका चिफ अफ स्टाफ जनरल ताकेहिरो मोरिताले एयर फोर्स स्टेशन जोधपुरमा अभ्यास ‘वीर गार्जियन’का क्रममा हल्का लड़ाकू विमान (एलसीए) तेजस मार्क–१ मा छुट्टाछुट्टै उड़ान भरे। अभ्यास अन्तर्गत उड़ान भर्नुअघि दुवै वायुसेना प्रमुख आ–आफ्ना विमानतर्फ अघि बढ़े।
भारत र जापानबीच ९ सेप्टेम्बरदेखि शुरु भएको ‘वीर गार्जियन’ अभ्यास २२ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ। द्विपक्षीय अभ्यासमा दुवै देशका अग्रपङ्क्तिका लड़ाकू विमान सहभागी छन्। भारततर्फबाट तेजस, सुखोई–३० एमकेआई र राफेल तथा जापानतर्फबाट एफ–२ए लड़ाकू विमान सहभागी छन्। अभ्यासको उद्देश्य परिचालनगत अन्तरसञ्चालन क्षमता तथा रक्षा सहयोगलाई सुदृढ़ गर्नु रहेको छ।
यो द्विपक्षीय हवाई अभ्यास यस्तो समयमा भइरहेको छ, जब १० सेप्टेम्बरमा रक्षामन्त्री राजनाथ सिंहले ‘वीर गार्जियन’ अभ्यासमा सहभागी हुन जापानले आफ्ना लड़ाकू विमान भारत पठाउनु भारत–जापान रक्षा साझेदारीका लागि ‘विशेष कोशेढुंगा’ भएको बताएका थिए। उनले जापान एयर सेल्फ–डिफेन्स फोर्सका लड़ाकू विमान पहिलो पटक भारत आउनुले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थिरताका लागि बढ्दो विश्वास तथा साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताएका थिए।
नयाँ दिल्लीमा गत महिना जापानी समकक्षसँग भएको वार्ताको स्मरण गर्दै सिंहले ‘वीर गार्जियन’ जस्ता अभ्यास तथा पारस्परिक भ्रमणको आदान-प्रदानले दुई देशबीचको समन्वयलाई थप सुदृढ़ गर्ने बताएका थिए।
भारतीय वायुसेनाले द्विपक्षीय युद्ध अभ्यास ‘वीर गार्जियन’का लागि जोधपुर पुगेका जापान एयर सेल्फ–डिफेन्स फोर्सका एफ–२ लड़ाकू विमानको स्वागत गऱ्यो। 1४ दिनसम्म सञ्चालन हुने अभ्यासका क्रममा सहभागी वायुसेनाका अधिकारी तथा जवानहरूले उन्नत परिचालनगत अभियान सञ्चालन गर्नुका साथै व्यावसायिक अनुभव आदान-प्रदान गर्नेछन्।
जापानी वायुसेनाका लड़ाकू विमानसँग भारतको यो दोस्रो हवाई अभ्यास हो। यसअघि साल २०२३ मा भारतीय लड़ाकू विमान पहिलो पटक जापान पुगेका थिए। त्यसबेला भारतीय टोली चार वटा सुखोई–३० एमकेआई विमान सहित अभ्यासमा सहभागी भएको थियो। पहिलो संस्करणको ‘वीर गार्जियन’ अभ्यासका क्रममा भारत र जापानका वायुसेनाले १६ दिनसम्म सञ्चालन भएको हवाई अभ्यासमा एक-अर्काका विशिष्ट क्षमताबारे अनुभव आदान-प्रदान गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी