खरसाङको गौरी शंकरबाट एउटा किङ्ग कोब्रा उद्धार
किङ्ग कोब्रा उध्दार


खरसाङ, 20 सेप्टेम्बर (हि.स.)। वन विभागद्वारा खरसाङको गौरी शंकरबाट एउटा किङ्ग कोब्रा उद्धार गरिएको छ।

प्राप्त जानकारी अनुसार, वन विभागको खरसाङ रेञ्जका रेञ्ज अफिसर मनोजकुमार छेत्रीलाई फोन आएपछि उनकै निर्देशनमा वन विभागको टोली पुगेर गौरी शंकरबाट एउटा किङ्ग कोब्रा उद्धार गरेको छ। उक्त किङ्ग कोब्रा 8 देखि साढे आठ फिटको लामो रहेको छ।

शनिवार रातिको समयमा जानकारी पाएपछि वन विभागको टोली पुगेर किङ्ग कोब्रालाई उद्धार गरेको छ। वन विभागको टोलीमा सर्प विशेषज्ञ रोशन थापा, सियोक प्रधान र विशाल रावतको टोलीले सर्पलाई सुरक्षित उद्धार गरेर सुरक्षित स्थानमा छोडिदिएको बताइएको छ।

सर्प विशेषज्ञ रोशन थापाले बताए अनुसार, वन विभागको टोली दिउँसो 3 बजी नै पुगेको र धेरै प्रयास गर्दा पनि पक्राउ गर्न नसकेर छोडेपछि फेरि बेलुका देखा परेर राति 8.30 तिर गाउँलेहरुको सहयोगमा कोब्रालाई पक्रेर सुरक्षित स्थानमा छोडिएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande