विश्व शान्ति दिवसमा खरसाङमा शान्ति जागरण अभियान
विश्व शान्ति दिवस कार्यक्रम


खरसाङ, 20 सेप्टेम्बर हि.स.)। विश्व शान्ति दिवसको अवसरमा राज विद्या केन्द्र, खरसाङको आयोजनामा आइतवार शान्ति जागरण अभियान कार्यक्रम सम्पन्न भयो। शान्ति, सद्भाव, सहिष्णुता तथा भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा खरसाङ रेलवे स्टेशनदेखि टाउन हलसम्म शान्ति र्याली निकालिएको थियो।

र्यालीपछि खरसाङ टाउन हलमा मुख्य कार्यक्रम आयोजना गरियो। कार्यक्रममा एनएचपीसी टिस्टा लो ड्याम प्रोजेक्ट तीनका महाप्रबन्धक मनोजकुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले डा. प्रेम रावतको जीवन तथा उनले विश्वभर प्रवाह गर्दै आएका शान्तिको सन्देशबारे जानकारी गराए। उनले शान्ति, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको महत्वमाथि प्रकाश पार्दै समाजमा शान्तिको वातावरण निर्माण गर्न सबैले योगदान दिनुपर्ने बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमका आयोजक अनिलकुमार मिश्रले विश्व शान्ति दिवसको माध्यमबाट शान्तिको सन्देश सम्पूर्ण जनसमुदाय समक्ष पुर्याउने उद्देश्यले खरसाङमा कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।

मेघाश्री राणा र उपासना छेत्रीले सञ्चालन गरेको कार्यक्रममा राज विद्या केन्द्रको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande