बाइक दुर्घटनापछि खुलासा भयो अवैध मदिरा तस्करीको रहस्य, 50 लीटरभन्दा अधिक मदिरा जफत
बाइक दुर्घटनापछि खुलासा भयो अवैध मदिरा तस्करीको रहस्य, 50 लीटरभन्दा अधिक मदिरा जफत


पश्चिम मेदिनीपुर, 21 सेप्टेम्बर (हि.स.)। जिल्लाको दासपुर थाना क्षेत्रमा गए अबेर राती बाइक दुर्घटना भएपछि अवैध देशी मदिरा तस्करीको खुलासा भयो। पलिसले दुर्घटनाग्रस्त बाइकबाट 50 लीटरभन्दा अधिक अवैध देशी मदिरा जफत गरी चालकलाई पक्राउ गरेको छ। आरोपीको पहिचान मुक्ति बासुलीको रूपमा भएको छ जो पश्चिम मेदिनीपुर जिल्लाको डेबरा थाना अन्तर्गत हरिनारायणपुर गाउँको निवासी रहेको बताइएको छ। आरोपी अबेर राती बाइकमा अवैध देशी मदिरा लिएर गइरहेको थियो।

पुलिस अनुसार गए आइतवार राती लगभग 11 बजे दासपुर थाना क्षेत्रको बारासातमोड़ निकट बागपाड़ामा एउटा द्रूत गतिको बाइक अनियन्त्रित भएर सड़कमा पल्टियो। दुर्घटनाको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि घाइते बाइक चालकलाई मद्दत गर्नको लागि बाइक उठाउन थाले। यसै क्रममा बाइकमा बाँधिएको क्रेटबाट देशी मदिराको पाउच र प्याकेट निक्लिन थाल्यो। स्थानीय मानिसहरूले तत्काल घटनाको सूचना पुलिसलाई दिए। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त बाइकसितै त्यसमा लादिएको 50 लीटर अवैध देशी मदिरालाई जफत गऱ्यो। पुलिसले आरोपीलाई हिरासतमा लिएर जाँचबुझ गऱ्यो। त्यसपछि दासपुर पुलिसले आरोपीविरूद्ध मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande