
गुवाहाटी, 21 सेप्टेम्बर (हि.स.)। असमको चन्द्रपुरमा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को एडभान्स्ड रडार रिसर्च सेन्टरको आधारशिला सोमवार राखिनेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार सोशल मिडिया पोस्टको माध्यमबाट यस आशयको जानकारी गराए।
मुख्यमन्त्रीले भने, यो केन्द्र इसरोको नेटवर्क फर स्पेस अब्जेक्ट ट्र्याकिङ्ग एण्ड एनालिसिस (नेत्र) कार्यक्रमको एक श्रृङ्खला हुनेछ जसको उद्देश्य अन्तरिक्षमा अवस्थित वस्तुहरूको निगरानी र ट्र्याकिङ्ग क्षमतालाई मजबुत बनाउनका साथै भारतको महत्वपूर्ण अन्तरिक्ष परिसम्पत्तिहरूको सुरक्षा बढ़ाउनु हो।
डा. सरमाले भने, “आज हामी असमको चन्द्रपुरमा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को एडभान्स्ड रडार रिसर्च सेन्टरको आधारशिला राख्नेछौं।”
इसरोले यस परियोजनाक लागि चन्द्रपुरमा 67 एकड़ भूमिलाई चिन्हित गरेको छ। सङ्गठनको वर्ष 2025-26 को वार्षिक रिपोर्ट अनुसार भूमि हस्तान्तरणको प्रक्रिया नोभेम्बर, 2023-मा पूर्ण भएको थियो भने अन्तिम पञ्जीकरण 7 नोभेम्बर, 2025-मा गरिएको थियो।
प्रोजेक्ट नेत्र अन्तर्गत अन्तरिक्षमा बढ़्दो गतिविधिहरू तथा वस्तुहरूको निगरानीका लागि रडार, अप्टिकल टेलीस्कोप सुविधा औ केन्द्रिय नियन्त्रण केन्द्र जस्तो प्रमुख ढाँचा विकसित गरिँदैछ। यो प्रणालीले अन्तरिक्ष वस्तुहरूको ट्र्याकिङ्ग, त्यसको कक्षाको निर्धारण, ठोक्किनदेखि बचाउ सम्बन्धी चेताउनी एवं उपग्रह र रकेटको भागमा पुनः प्रवेशको निगरानी गर्नमा मद्दत गर्नेछ।
अन्तरिक्षको स्थिति सम्बन्धी जागरणमूलक गतिविधिहरूका लागि इसरोको स्पेस सिचुएशनल अवेयरनेस कन्ट्रोल सेन्टर वर्ष 2020-मा बेङ्गलुरूमा स्थापित गरिएको थियो।
मुख्यमन्त्री डा. सरमाले भने, असममा यस अत्याधुनिक राष्ट्रिय बुनियादी ढाँचाको स्थापनाले राज्यको बढ़्दो भूमिकालाई दर्शाउँछ। उनले यस रणनीतिक परियोजनाको लागि असमलाई चयन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा