
कोकराझार (असम), 21 सेप्टेम्बर (हि.स.)। कामतापुर स्टेट डिमाण्ड कउन्सिल (डेमोक्रेटिक), ईस्टर्न रीजनको केन्द्रिय कार्यकारिणीको बैठक आगामी 22 सेप्टेम्बरमा कोकराझार जिल्लाको सरफानगुरीस्थित चिलाराय भवनमा आयोजना गरिनेछ। बैठक अपरान्ह 2 बजेदेखि शुरू हुनेछ।
सङ्गठनद्वारा जारी सूचना अनुसार बैठकमा स्वदेशी कोच-राजवंशी समुदायका संवैधानिक अधिकारहरू तथा विभिन्न मागहरूलाई लिएर लोकतान्त्रिक आन्दोलनको अन्तिम चरणमाथि चर्चा एवं विचार-विमर्श गरिनेछ।
बैठकमा सङ्गठनको केन्द्रिय कार्यकारिणीका पदाधिकारीहरू एवं सदस्यहरू सामेल रहने बताइएको छ। सङ्गठनले यस बैठकलाई समुदायका अधिकार र मागहरूसित सम्बन्धित आगामी कार्यक्रम एवं रणनीतिमाथि विचार-विमर्श गर्नको लागि महत्वपूर्ण रहेको बताएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा