
सिलगढ़ी, 21 सेप्टेम्बर (हि.स.)। प्रशासनिक बैठक एवं पार्टी कार्यक्रमहरूको व्यस्तताबीच पश्चिम बङ्गालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषलाई गए आइतवार राती भिन्नै ढाँचामा देखियो।
सूत्र अनुसार दिलीप घोष गत शनिवारदेखि नै सिलगढ़ीमा छन्। शनिवार उनले उत्तरकन्यामा आयोजित एक महत्वपूर्ण समीक्षा बैठकमा भाग लिएका थिए।त्यसपछि आइतवार उनी सिलगढ़ी र कुचबिहारमा केही कार्यक्रमहरूमा सामेल भए। उत्तर बङ्गालमा महत्वपूर्ण बैठक गरेपछि उनी सोझै सेवक रोडस्थित एक शपिङ्ग मलकोक सिनेमा हलमा पुगे जहाँ उनले पार्टी कार्यकर्ताहरूसित फिल्म 'हनुमान अंश' हेरे। यस अवधि उनको साथमा गोर्खा जनमुक्ति मोर्चा सुप्रीमो विमल गुरूङ पनि उपस्थित थिए।
उनले सिलगढ़ीको स्टेट गेस्ट हाउसमा एक महत्वपूर्ण आन्तरिक बैठक पनि गरे जसमा लोक निर्माण मन्त्री अजय कुमार पद्मा, मालदा उत्तरका सांसद खगेन मुर्मू समेत सिलगढ़ी सङ्गठनात्मक जिल्ला भाजपाका केही पदाधिकारी अनि कार्यकर्ताहरू उपस्थित थिए। बैठक सिद्धिएपछि दिलीप घोषले हलमा बसेर ‘हनुमान अंश’ फिल्म हेरे। राजनीतिक गतिविधिदेखि टाड़ा मन्त्रीलाई यस रूपमा देखेर सिनेमा हलमा उपस्थित दर्शकहरूमा पनि उत्सुकता देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा