
शिवसागर (असम), 22 सेप्टेम्बर (हि.स.)। ड्रग्स माफियाविरूद्ध भएको कारबाहीमा शिवसागर पुलिसको गोली लागेर आरोप रूबुल खान घाइते भयो। पुलिस अनुसार रूबुल खानको दाहिने खुट्टामा गोली लागेको छ जसलाई उपचारको निम्ति शिवसागर सिभिल अस्पतालमा भर्ती गरिएको छ।
जानकारी अनुसार रुबुल खान कथित ड्रग्स कारोबारी विकी सिंहको सहयोगी रहेको बताइन्छ। बितेको 18 सेप्टेम्बरमा विमान बरूवा नामक व्यक्तिलाई घारिलो हतियारले प्रहार गरी हत्या गरिएको मामिलामा विकी सिंहमाथि आरोप लागेको छ। पुलिस मुताविक यो हत्या हुँदा रुबूल खान पनि विकीसितै थियो।
यसअघि गत 19 सेप्टेम्बरको दिन बिहुबर पुलिसको कारबाहीमा विकी सिंह पनि गोली लागेर घाइते भएको थियो। पुलिस अनुसार हिरासतबाट पुलिस कर्मीहरूलाई धक्का दिएर भाग्ने प्रयास गर्दा पुलिसले उसको खुट्टामा गोली दागेको थियो।
ड्रग्सको विरोधमा कड़ा कारबाही गर्ने मागमा बिहुबर क्षेत्रका मानिसहरूले पनि विरोध प्रदर्शन गरेका थिए। यसबीच मङ्गलवार बिहान सवेरै पुलिस हिरासतबाट भाग्ने हुँदा रूबुल खानमाथि पुलिसले गोली चलायो। घटनापछि उसलाई तत्कालै शिवसागर सिभिल अस्पतालमा लगियो जहाँ उसको उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा