सिलगढ़ी रेगुलेटेड मार्केटक कायाकल्प गर्ने तयारी
सिलगढ़ी रेगुलेटेड मार्केटक कायाकल्प गर्ने तयारी


सिलगढ़ी, 22 सेप्टेम्बर (हि.स.)। उत्तर-पूर्व भारतका प्रमुख बजारहरूमा सामेल सिलगढ़ी रेगुलेेटेड मार्केटको कायाकल्प गर्ने तयारी शुरू गरिएको छ। मङ्गलवार बजारमा बैठक आयोजना गरिएपछि राज्यका पञ्चायत एवं ग्रामीण विकास तथा कृषि विपणन मन्त्री दिलीप घोषले बुनियादी ढाँचामा सुधार समेत केही योजनाहरूको जानकारी गराए।

लगभग 50 एकड़मा फैलिएको बजारमा सड़क, जल निकासी, प्रवेश-निकास, पिउने पानी तथा सरक्षा व्यवस्थालाई उच्च स्तरीय बनाइनेछ। बजारमा फोहोर प्रसंस्करण केन्द्र, कोल्ड स्टोरेज तथा किसानहरू र ट्रक चालकहरूको लागि सुविधा विकसित गर्ने योजना पनि छ। बैठकमा प्याज र चीनीको आकाशिँदो मूल्यमाथि पनि चर्चा गरियो।

मन्त्री दिलीप घोषले बताए, यसै महिना प्याज लगभग 35 रुपियाँ प्रतिकिलो र चीनी 50 रुपियाँ वा त्योभन्दा कम मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस अतिरिक्त बजारमा बिजुली-पानीको व्यवस्थामा सुधार, सौर ऊर्जा जड़ान गर्ने तथा सुरक्षा बढ़ाउने योजनामाथि पनि काम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande