मन्दिरबाट मूर्ति र दान पेटी चोरी, एफआइआर दर्ता
Fir


शिमला, २२ सेप्टेम्बर (हि.स.)। शिमला जिल्लाको जुब्बल क्षेत्रमा देवता खोड़को मन्दिरबाट अज्ञात व्यक्तिले मूर्ति, दानपात्र तथा नगद चोरी गरेको छ। चोरीको घटना १७ देखि २० सेप्टेम्बरबीच भएको हो। पुलिसले उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

पुलिस अनुसार, जुब्बल थाना क्षेत्र अन्तर्गत मण्डल गाउँ निवासी नारायण सिंहले यस सम्बन्धमा उजुरी दिएका छन्। उजुरीकर्ता अनुसार, उनीहरूको गाउँमा देवता खोड़को मन्दिर छ। १७ सेप्टेम्बरमा गाउँका सबै मानिसले मन्दिरमा पूजा गरेका थिए।

उजुरी अनुसार, २० सेप्टेम्बर दिउँसो नारायण सिंह मन्दिर नजिकै रहेको आफ्नो खेतमा काम गरिरहेका थिए। सोही क्रममा उनले मन्दिरको ढोका खुला रहेको देखे। मन्दिरभित्र गएर हेर्दा देवता खोड़को मूर्ति, दानपात्र तथा त्यसमा राखिएको लगभग ३५० रुपियाँ नगद गायब रहेको पाए।

उजुरीकर्ता अनुसार, १७ सेप्टेम्बरमा पूजा सम्पन्न भएपछि र २० सेप्टेम्बरबीच चोरी भएको हो। चोरी भएको देवताको मूर्ति पित्तल जस्तो धातुबाट बनेको बताइएको छ। मूर्ति र नगद सहित चोरी भएका सामानको कूल अनुमानित मूल्य लगभग ३५ हजार रुपियाँ रहेको बताइएको छ।

पलुिसका एक अधिकारीले मंगलवार उजुरीका आधारमा भारतीय न्याय संहिताको धारा ३०३(२) अन्तर्गत मुद्दा दर्ता गरिएको बताए। घटनाको अनुसन्धान सरस्वतीनगर पुलिस चौकीका प्रभारी सहायक उपनिरीक्षक प्यारे सिंहलाई जिम्मा दिइएको छ। उनले अज्ञात व्यक्तिको पहिचान तथा चोरी भएको मूर्ति र अन्य समान जफत गर्न पुलिसले अनुसन्धान गरिरहेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande