दशैंको मुखमा बन्द कमानमा श्रमिकहरुलाई 6 हजार गरेर फौलाईको रुपियाँ र बोनस दिनु पर्ने माग
Rojina rai


खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। दशैंको मुखमा बन्द कमानका श्रमिकहरुलाई 6 हजार गरेर फौलाईको रुपियाँ र बोनस पनि दिनु पर्ने दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनको तर्फबाट माग गरिएको छ।

युनियनको तर्फबाट रेजिना राईले एउटा भिडियो जारी गर्दै भनिन्, 'यसपालीको दशैंमा चियाबारीहरुमा सरकारको तर्फबाट बीस प्रतिशत बोनस दिने घोषणा गरिएको छ, जुन राम्रो कुरा हो। तर, दशैं खुल्ला चियाबारीहरुमा मात्र आउँदैन बन्द चियाबारीका श्रमिकहरुको घरमा पनि दशैं आउँछ। बन्द चियाबारीका श्रमिकहरुका लागि फौलाईको पैसा केवल 15 सय रुपियाँ प्रदान गरिने भएकाले धेरै असुविधा हुनजान्छ। त्यसैले बन्द चियाबारीहरु खोल्नुपर्छ। बन्द चियाबारीका श्रमिकहरुका लागि एकजनालाई 6 हजार गरेर फौलाईको पैसा दिनुपर्छ र बोनस पनि दिनुपर्छ।'

रेजिना राईले बन्द चियाबारीका श्रमिकहरुको अवस्था दयनीय रहेको र बन्द चियाबारी श्रमिकहरुको अवस्था बुझेर सरकारले सहयोग गर्नु पर्ने निवेदन गरेकी छन्। उनले बन्द चियाबारी श्रमिकहरुका लागि 6 हजार गरेर फौलाईको रुपियाँ दिनु पर्ने र बोनस पनि दिनु पर्ने माग राखेकी छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande