
पश्चिम मेदिनीपुर, 22 सेप्टेम्बर (हि.स.)। जिल्लाको डेबरा थाना क्षेत्रस्थित पथेर साथी क्षेत्रमा गए सोमवार अबेर साँझ बाइकको ठक्करले एकजना महिला गम्भीर रूपमा घाइते भएकी थिइन् जसकोक सोमवार राती नै डेबरा अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। दुर्घटनामा बाइक चालक पनि गम्भीर रूपमा घाइते भएकोछ।
पुलिस अनि स्थानीय सूत्रानुसार मृत महिलाको पहिचान नीता पाल (53) को रूपमा भएको छ जो पैहत क्षेत्रका निवासी थिइन्। मङ्गलवार बिहान मोटरसाइकल चालकको अवस्था स्थिर रहेको बताइएको छ।
स्थानीय निवासी देबु बारिकले हिन्दुस्थान समाचार-लाई बताए, बाइक डेबरादेखि आषाड़ी तर्फ गइरहेको थियो। पथेर साथी त्यसबेला एकजना महिलाले सड़क पार गरिरहेकी थिई। आरोप छ, अत्यन्त तीव्र गतिमा आएको मोटरसाइकलले उसलाई
ठक्कर दियो। ठक्कर लागेपछि महिला उछिटिएर टाड़ा सड़कमा मुर्छित परी। गम्भीर घाइते अवस्थामा महिलालाई तत्कालै डेबरा अस्पतालमा पुऱ्याइयो जहाँ उपचारको क्रममा सोमवार अबेर रााती उसको मृत्यु भयो।
दुर्घटनामा घाइते बाइक चालकलाई पनि डेबरा अस्पतालमा भर्ती गरिएकोछ जहाँ उसको उपचार भइरहेको छ। डेबरा थानाको पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन बाइकलाई जफत गरी सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा