सात महिनाको गर्भवती नाबालिकाको उद्धार, कानूनी प्रक्रियापछि घर पठाउने तयारी
सात महिनाको गर्भवती नाबालिकाको उद्धार, कानूनी प्रक्रियापछि घर पठाउने तयारी


पश्चिम मेदिनीपुर, 22 सेप्टेम्बर (हि. स.)। बाल विवाह रोक्नको लागि प्रशासनले देखाएको सक्रियताबीच मेदिनीपुर जिल्लाको दाँतनमा सात महिनाको गर्भवती एकजना नाबालिकालाई दाँतन थाना पुलिसले उद्धार गरेको छ। यस घटनालाई लिएर क्षेत्रमा चर्चा चुलिएको छ।

पुलिस सूत्र अनुसार नाबालिकाको बारेमा सूचना पाएपछि घटनास्थलमा पुगेर उसलाई उद्धार गरियो। नाबालिकको सुरक्षा अनि भविष्यलाई ध्यानमा राख्दै मङ्गलवार आवश्यक प्रक्रिया पूरा गरेपछि उसलाई घरमा पठाउने तयारी गरिएको छ।

बाल विवाह र नाबालिकहरूको सुरक्षालाई लिएर प्रशासनद्वारा निगरानी तथा जागरूकता अभियान सञ्चालन गरिरहेको समयमा यो घटना प्रकाशमा आएको छ। प्रशासनले नाबालिकाको पहिचान सार्वजनिक सार्वजनिक नहोस् भनी सतर्कता अप्नाएको छ। घटनाको सम्बन्धमा बाल विवाह वा अन्य कुनै अपराधसित छ-छैन, यसको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande