
खड़गपुर, 22 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दासपुरस्थित बासुदेवपुर ग्राममा आयोजित गेँड़िबुड़ी मेलामामा पसल राखेका एकजना व्यक्ति आफ्नो पसल बन्द गरेर तलाउमा नुहाउन गए, तर तिनी फर्केर आएनन्। घटनापछि क्षेत्रमा चिन्ता अनि चर्चा दुवै चलिरहेको छ।
बेपता व्यक्तिको पहिचान बासुदेवपुर ग्राम निवासी जयन्त शशमल (45)- को रूपमा भएको छ। भनिन्छ, तिनले गेँड़िबुड़ी मेलामा पसल राखेका छन्। सोमवार अपरान्ह पसल बन्द गरेर तिनी तलाउमा नुहाउन गएका थिए।. त्यहीँबाट तिनी बेपत्ता भए।
स्थानीय मानिसहरू अनुसार तालाउको किनारमा जयन्तको चप्पल, कपड़ा र मोबाइल भेटिएको छ। नुहाउँदै गर्दा तिनी तलाउमा डुबेको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ।
गोताखोर दल र आपदा मोचन बलको टीमले तलाउभित्र पसेर बेपत्ता व्यक्तिलाई खोजिरहेको छ। दासपुर थानाको पुलिस पनि घटनास्थलमा पुगेर खोजी अभियानमा जुटेको छ। तथापि मङ्गलवार अपरान्हसम्ममा पनि जयन्तको बारेमा केही पत्तो लाग्न सकेको थिएन। परिवार अनि स्थानीय मानिसहरू चिन्तित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा