एम्बुलेन्समा रोगीको सट्टा तस्करी गरेको पशु भेटियो, तीन वटा गाई जफत
एम्बुलेन्समा रोगीको सट्टा तस्करी गरेको पशु भेटियो, तीन वटा गाई जफत


धुबड़ी (असम), 22 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालदेखि असमको गौरीपुर तर्फ गइरहेको एउटा एम्बुलेन्स मार्फत तस्करी गरिरहेका तीन वटा गाईहरूलाई आगमोनी पुलिसले जफत गऱ्यो। पुलिसले गए सोमवार अबेर राति एक अभियान अन्तर्गत एम्बुलेन्सलाई रतियादह ट्राफिक पोइन्टको छेउमा रोकेर जाँच गऱ्यो।

जानकारी अनुसार एम्बुलेन्स पश्चिम बङ्गालदेखि आगमोनीको खेरबाड़ी हुँदै गौरीपुर तर्फ गइरहेको थियो। खेरबाड़ी चतुर्थ खण्ड गाउँको छेउबाट पुलिसले उक्त संदिग्ध एम्बुलेन्सलाई पछ्यायो अनि रतियादाह ट्राफिक पोइन्ट छेउमा पुगेपछि त्यसलाई रोक्न सफल भयो।

त्यसपछि पुलिसले एम्बुलेन्सको जाँच गऱ्यो जसमा रोगीको सट्टा तीन वटा गाई पाइयो। पुलिसले तीनै वटा गाई सहित एम्बुलेन्सलाई जफत गऱ्यो। एम्बुलेन्सको पञ्जीकरण नम्बर एमएल-13ए-7086 रहेको बताइएको छ।

पुलिस अनुसार अँध्यारोको फाइदा उठाएर एम्बुलेन्स चालक घटनास्थलबाट भाग्यो। मामिलामा पुलिसले अनुसन्धान कार्य शुरू गर्दै भगौड़ा चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande