
खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिकाको आयोजनामा सेवा संकल्प योजना र विकसित भारत 2047 माथि खरसाङको पार्क लोकेनस्थित सार्वजनिक भवनमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम अन्तर्गत ड्रग्स सेवनको रोकथाम र मादक पदार्थ सेवन रोकथामाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सचेतना कार्यक्रममा ड्रग्स सेवनको रोकथाम र मादक पदार्थ सेवन रोकथामाथि योगेस प्रधान, यम थापा (बुटवल नेपाल), बिक्की मोक्तान, प्रेमुस भोटिया, आनन्द छेत्री र खरसाङ टाउन पुलिस आउट पोष्टका ओसी सागर प्रधानले युवाहरु र विद्यार्थीहरुलाई विभिन्न विषयमा सचेतना गराए। कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु र स्थानीयहरु उपस्थित रहेको खरसाङ महकुमा शासक प्रभारी एवं खरसाङ नगरपालिकाकी प्रशासक लाडेनला लेप्चाले जानकारी गराएकी छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक