जङ्गली हात्तीको हमलामा परी दुई जनाले गुमाए ज्यान
जङ्गली हात्तीको हमलामा परी दुई जनाले गुमाए ज्यान


शोणितपुर (असम), 22 सेप्टेम्बर (हि.स.)। शोणितपुर जिल्लाको ढेकियाजुली स्थित पसकत क्षेत्रमा जङ्गली हात्तीद्वारा गरिएको हमलामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। पुलिसले मङ्गलवार बतायो, ढेकियाजुलीको पसकत क्षेत्रमा जङ्गली हात्तीहरूको बथान भोजनको खोजीमा जङ्गलबाट आएको थियो। मृतकहरूको पहिचान रहमत अली र गणेश टोप्पोको रूपमा भएको छ। यी हात्तीहरू उराङ्ग राष्ट्रिय उद्यानबाट आएका थिए।

यसरी हात्तीको हमलामा परी दुई जना मानिसहरूको मृत्यु भएको घटनापछि पीरकाटा र रतनजुली गाउँ शोकमा डुबेको छ। पुलिसले दुवैको शवलाई कब्जामा लिएर पोस्टमर्टम ग्रनको लागि पठाइदिएको छ।

यता घटनापछि स्थानीय मानिसहरूले यसको निम्ति वन विभागलाई जिम्मेवार ठहराएका छन्। स्थानीयहरूको भनाइ छ, हिजोआज जङ्गली हात्तीहरू भोजनको खोजीमा गाउँ-गाउँ घुमिरहकेका छन्। वन विभागलाई यस बारे जानकारी दिइएको भए पनि विभागले कुनै ठोस कदम उठाएको छैन। फलस्वरूप यस किसिमको घटनाको सामना गर्न परिरहेको छ। यसबीच वन विभागको एक टीम हात्तीहरूलाई जङ्गलतिर लखेट्ने कार्यमा खटिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande